Slide

बाइबलका पक्षमा र गर्भपातका विरुद्धमा डोनाल्ड जे. ट्रम्प


event

कुमारसिंह विष्ट,
गर्भपात गर्नु बाइबल विरुद्ध हो । बाइबलले गर्भमै शिशुलाई मार्नु हत्या हो भनेको छ । गर्भको शिशुले संसार देख्न पाउनुपर्छ । शिशु आमाको गर्भमा आइ सकेपछि उसले पनि अरु सरह संसार देख्न र रम्न पाउनु उसको नैसर्गिक अधिकार हो । 
ख्याल रहोस् अमेरिकामा ओबामा सरकारले पनि गर्भपतनलाई कानूनी मान्यता दिएको छ । यसको मतलव कुनै पनि महिलालो आफूले चाहेको वेलामा आफ्नो गर्भमा रहेको शिशुलार्य आफूखुशी भु्रणमै हत्या गर्नु प्रोत्साहन दिनु हो । 
नेपालमा पनि नेपाल सरकारले केही वर्षयता गर्भपतनलाई कानूनी वैधता दिदैं आएको छ । जुन कानुनलाई नेपालका इसाईहरुले खारेजी गर्नुपर्छ भनेर विगत केही वर्षदेखि आवाज उठाउदै आएका छन् ।
अमेरिकाको पछिल्लो राष्ट्रपतिय चुनावमा डोनाल्ड जे. ट्रम्प विजयसँगै उनले अमेरिकामा भएको गर्भपतन जस्ता विद्यमान कानूनी मान्यतालाई आफ्नो सरकारको नेतृत्वमा खारेज गर्ने संकेत गरेका मान्न सकिन्छ ।
समलिंगि विवाहा, गर्भपतनजस्ता मुद्दाहरुका विरुद्ध उनले आफ्नो चुनावताका निकै चर्को नारा लगाएपछि यस पालीको अमेरिकाको राष्ट्रपतिय चुनावमा त्यहाँका अधिकांश ख्रीष्टयानहरुले अहिलेसम्मकै सवैभन्दा वढि मत खसालेका कुरा विभिन्न संचार माध्यमले जनाएका थिए ।
गर्भपतन जस्ता कानून बाइबलको मात्र विरुद्ध नभएर यो सारा मानव जातीका विरुद्धको कानुन हो । गर्भ मै भु्रणलाई हत्या गर्नु भनेको अपराध हो । किनकि शिशु आमाको गर्भबाट वाहिर जन्मेपछि कुनै कारणले कसैले मारेमा त्यसका विरुद्ध कानून हुने तर त्यही शिशुलाई गर्भमै हत्या गर्न त्यस देशको कानूनले छुट दिने ? यो पनि कही न्यायसँगत कुरा हो र । यस्तो कानूनले कसरी देशमा विधीको शासन स्थापना हुन सहयोग पुग्छ त । अ हँ हुन सक्दैन । वरु समाजमा अपराधजन्य क्रियाकलाप र समाजमा हिंसा फैलिन सहयोग पुग्छ ।
ट्रम्पको यो महान कदमलाई संसारकोे मानवतावादी कुनै पनि देशको सरकार र त्यस देशका असल नागरिकले साथ दिनु आवश्यक छ  । किनकि उनले विनासित्ति कसैले कसैको हत्या गर्नु विधिको शासन विरुद्ध हो भनेका छन् । उनले गर्भपातको विपक्षमा आवाज उठाएका छन् । उनको यो कदमलाई आफ्नो सन्तानलाई माया गर्ने संसारको कुनै पनि मानवले साथ दिनु पर्छ । 
कसैको हत्या गर्नु त्यो सरासर अपराधिक क्रियाकलाप हो । यसका विरुद्ध कुनैपनि देशका सच्चा नागरिकले सडकदेखि सदनसम्म आवाज उठाउनै पर्छ । किनभने संसारको कुनै पनि सदनले मान्छे मार्ने वा हत्या गर्ने कानून वनाउनु भनेको त्यो देशका सांसद तथा दलका नेताहरुले देशमा व्याप्त हत्या, हिंसाजस्ता क्रियाकलापलाई सरासर प्रोत्साहन दिनु हो । यो किन हो भने विधिको शासन स्थापना गर्ने र कानून निमार्ण गर्ने सदनले गर्भपातको पक्षमा कानून वनाइ लागू गर्नु भनेको मनलागे जती शिशुलाई भु्रणमै हत्या गर भनेको हो । तपाई एक असल नागरिक भएर के कसैको हत्यामा तपाई खुशी हुनुहुन्छ ? तपाई आफ्ना छोराछोरीलाई के कसैले हत्या गर्ने अनुमती दिनुहुन्छ ? साँच्चै तपाई एक आमा हो भने तपाई आफ्नो वालवच्चालाई हत्या गर्न त के कसैले आँखा तरेर हेरेको पनि तपाईलाई सह्ै हुन सक्दैन । देशमा गर्भपातको पक्षमा कानून हुनु भनेको कुनै पनि आमाले आफ्नो गर्भमा भएको शिशुलाई आफू खुशी हत्या गर्न पाउने अधिकारको संरक्षण गर्नु हो । के तपाई आफ्नो सन्तानलाई कसैको वलि गर्नका लागि दिन तयार वन्न सक्नुहुन्छ ? अ हँ तपाई कदापी सक्नुहुन्न । जन्मेर हुर्कदै गरेको तपाईको बालवालिकालाई त तपाई त्यती धेरै माया गर्नुहुन्छ भने गर्भमा रहेको शिशुलाई तपाई त्यसको घाँटी अठ्यायर फलामको हतियारले अरुको साहाराले हत्या गर्न लगाउनु हुन्छ ? तपाई हाम्रा नेताले यो देशमा कसैको हत्या गर्न पाउने कानून वनाउका छन् । तपाई के हेरेर वस्नु भएको छ ? 
कोही मानिस गर्भपातको विरुद्धमा वोल्छ भने त्यो बााइबलको पक्षको कुरा मान्न सकिन्छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड जे.ट्रम्पले यसै साता त्यहाँको एक संचार माध्यमलाई आफू गर्भपातको विरुद्धमा भएको आफ्नो अडान नत्यागेको बताएका छन् । उनको यो अभिव्यक्तिसँगै गर्भपातका विपक्षमा रहेकाहरुमा तंरग पैदा गरिदिएको छ ।
गर्भपातलाई रोक्ने कानून वन्नु भनेको बाइबलको पक्षको कुरा मान्न सकिन्छ । संसारभरका प्रायः देशहरुमा गर्भपातको पक्षमा कानूनको अभ्यास भइरहेको अवस्थामा डोनाल्ड ट्रम्पको यो अभिव्यक्तिले साँच्चै अब अमेरिका फेरी परमेश्वरको अनुग्रह भएको देशतीर फर्कने हो की भन्ने अनड्कल गर्न सकिन्छ ।
संसारभरका विभिन्न देशमा गर्भपातको पक्षमा कानूनको अभ्यास भइरहँदा यसको विपक्षमा आवाज वुलंद गर्ने ट्रम्प नै संभवतः एक त्यस्ता प्रभावशाली राष्ट्रपति वन्न सक्नेछन् जसले भ्रुणमै शिशुको हत्या गर्नुहुँदैन भनि रहेका छन् । 
तर ट्रम्पको यो पहिलो अभिव्यक्तिसँगै उनको सत्तारोहणपछि अमेरिकी सरकारले अवलम्वन गरेको गर्भपातको पक्षको कानून उनको राष्ट्रपतिय कार्यकालमा खारेज होला या  नहोला त्यो भने हेर्न वाँकी छ । बाइबललाई आधार मान्ने हो भने उनको यो कदम बाइबलको पक्षमा छ भने गर्भपतनको विपक्षमा छ ।
सेतोपाटी न्यूजः
राष्ट्रपतीमा निर्बाचित भए पश्चात सिबिएस टेलिभिजनले लिएको पहिलो अन्तरबार्ता का क्रममा नब निर्बाचित राष्ट्रपती डोनाल्ड ट्रम्पले महिलाहरु को गर्भपतनका सम्बन्धमा गर्भपतन गर्ने महिला हरुलाई कुनै न कुनै दण्ड को प्रावधान हुनु पर्छ भन्ने आफ्नो पुर्ब अडान कायम रहेको बताए।
आफ्नो पुरानो प्रतिबद्दता कायम राख्दै उनले भने -आफुले चुनाब ताका गरेको प्रतिबद्दता अनुरुप सर्बोच्व अदालतमा न्यायाधिशको छनौट गर्ने जस्ले महिलाको गर्भपतनको अधिकार लाई उल्टाउने छ र राज्यको कानुन अनुरुप गर्नेछ।
के अब महिलाहरुले गर्भपतनको आफ्नो माग छोडनु पर्छ? भन्ने सोधिएको प्रश्नमा अन्तरबार्ताका क्रममा ट्रम्पले भने - उनीहरु अब अर्को राज्यमा जान सक्छन। ट्रम्पले चुनाब ताका भनेका थिए 'जहाँ बलात्कार, अनाचार र आमाको जिन्दगीमा कुनै खतरा हुन्छ भन्ने ठानिएमा मात्र महिलाहरुले गर्भपतन गर्न सक्छन तर, यी तीन अपवाद बाहेक महिलाहरुले गर्भपतन गरेमा कानुनी दण्ड सजाय गरिनु पर्दछ।'