+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

विएनसिएको दोस्रोचरणको चर्च भवन पुनर्निर्माण राहत वितरण मकवानपुरका सीमान्तकृत चेपाङहरुमा -Good News

event
 
कुमारसिंह विष्ट /सुनिजलराज लामा
१० जेठ ०७३, काठमाडौं । अमेरिकास्थित भुटानिज–नेपालीहरुको छाता संगतिकोे रुपमा रहेको विएनसिए (भुटानिज नेप्लिज चर्चेज अफ अमेरिका) ले यसै साता भूकम्प प्रभावित चर्च भवन संरचना पुनर्निर्माणका लागि मकवानपुर जिल्लामा सीमान्तकृत चेपाङ गाउँका दुई वटा मण्डलीहरुलाई आर्थिक सहयोग वितरण गरेको छ । 
 
विएनसिएले दोस्रो चरणको राहत वितरण कार्यक्रमलाई भूकम्प प्रभावित मण्डली भवन पुनर्निर्माणका लागि तुरही पत्रिका मार्फत मकवानपुर जिल्लाको अति सीमान्तकृत मण्डलीका केही चेपाङहरुमा केन्द्रित गरेको हो ।
 
यही  मिति २०७३ साल जेठ महिनाको नौं गते शनिबारका दिन तुरही पत्रिका मार्फत मकवानपूर जिल्लाको विगट गाविस भरदा गाविसमा पर्ने निंखा गाउँमा भएको होली लाइफ चर्चमा एक कार्यक्रमको आयोजना गरी भूकम्प पश्चात भत्किएका दुई वटा चर्च भवनको पुनर्निर्माणका लागि विएनसिएको आर्थिक सहयोग वितरण भएको हो ।
 
त्यहाँका दुई वटा चर्च भवन पुनर्निमार्णका लागि मात्र विएनसिएले तुरही पत्रिका मार्फत करिव एक लाख चालिस हजार रुपैयाँ बैंकमार्फत आर्थिक सहयोग  वितरण गरेको हो । तुरहीको राहत टोलीको काठमाडौदेखि मनहरी र मनहरीदेखि काठमाडौंसम्मको यातायात खर्च र खाना खर्च गरि करिव हठार हजार खर्च भएको छ । यो सम्पूर्ण खर्च गरेर राहतका विएनसिएले मकावनपुरमा १ लाख ५८ हजार नगद खर्च गरेको छ ।
 
यही शनिबार विहान पाँच बजे काठमाडौंबाट छ जनाको तुरही पत्रिकाको राहत वितरण समूह भ्यान मार्फत मकवानपुर जिल्लातर्फ यात्रामा लागेको थियो । उक्त राहत समूह मध्याह्न बाहृ बजे मकवानपुरको मनहरीमा पुगीं करिव चार घण्टा पैदल हिडेपछि जिल्लाको भारदा गाविसस्थित वडा नं. ८ निंखा गाउँमा अपराह्न चार बजे पुगको थियो ।
 
मनहरी खोलामा पानीको वाह वढि भएपछि निंखा गाउँमा पुग्नका लागि राहत टोली एउटै मनहरी खोलालाई सयौंपटकसम्म तर्नु परेको थियो । मनहरी खोलामा पानीका वाह वढेपछि काठमाडौंबाट रिजर्व गरि लगेको भ्यान जान नसकेपछि उक्त समूह कार्यक्रमस्थल निंखा गाउँमा पुग्न पैदल हिड्न वाध्य भएको थियो ।
 
विएनसिएको चर्च भवन संरचना पुनर्निर्माण आर्थिक सहयोग पाउँनेहरुमा मकवानपुर जिल्लाको भारदा गाविस वडा नं.८ स्थित निंखा चर्च र त्यसैगरि जिल्लाको मनहहरी गाविस वडा नं.४ मा भएको होली लाइफ चर्च रहेको छ । 
 
विएनसिएको उक्त रकम तुरही पत्रिकाका मार्फत कुमासिंह विष्ट र रामचन्द्र महर्जनले निंखा चर्चका पास्टर शुक्रमान चेपाङलाई सामूहिकरुपमा नब्बे हजारको चेक हस्तान्तरण गर्नुभएको हो । त्यसै गरि सोही कार्यक्रममा होली लाइफ चर्चका पास्टर चित्रवहादुर चेपाङलाई तुरहीका पत्रिकातर्फबाट रोदन विश्व र सुमन पूर्ण मगरले सामूहिकरुपमा पचास हजारको नगद बैक चेक हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले उक्त आर्थिक रकम पाँएपछि मण्डली भवन पुनर्निर्माणमा यसै साता काम शुरु गर्ने तुरहीसँग प्रतिवद्धता जनाउनुभएको छ ।
 
विएनसिएको भूकम्प प्रभावित चर्च भवन संरचना पुनर्निर्माण राहत कार्यक्रमका लागि यही जेठ ९ गते शनिबार तदानुुसार मे महिनाको २२ तारिख तुरही पत्रिकाको राहत वितरण समूह काठमाडौंबाट विहान ५ बजे भ्यान रिजर्वगरि मकवानपुरको दारखा गाउँ तफैको यात्रा तय गरेको थियो । 
 
उक्त राहत समूह मध्याह्न बाहृ बजे भ्यान मार्फत मकवानपुरको मनहरीमा पुगीं करिव चार घण्टा पैदल हिडेर जिल्लाको भारदा गाविसस्थित निंखा गाउँमा अपराह्न चार बजे तुरही पत्रिकाको राहत वितरण समूह पुगेंको थियो । मनहरी खोलामा पानीको वाह वढि भएपछि निंखा गाउँमा पुग्न उनीहरुले त्यही एउटै मनहरी खोलालाई सयौंपटकसम्म पार तर्नु परेको थियो । 
 
करिव एक घण्टासम्म राहत वितरण कार्यक्रम सम्पन्न गरेर तुरहीको उक्त छ जनाको समूह अपराह्न पाँच बजे करिव चार घण्टाको पैदल यात्रा तय गरेर मनहरी खोला हुँदै पुनः भ्यान रहेको ठाउँ मनहरी वजारतर्फ रातको नौं बजे सकुशल आइ पुगेको थियो ।
 
कार्यक्रमस्थलबाट तुरहीको छ जनाको राहत समूह र स्थानिय मण्डलीका राहत रकम पाँउने दुई जना पास्टरहरु पनि संगै फर्किएका थिए । रातको नौं बजे उक्त आठ जनाको समूह मनहरी वसपार्क सम्म आइ पुगेको थियो । मनहरी वजारको होटलमा आठ जनाले भात खाएर पास्टहरुले तुरहीको राहत समूहलाई विदाई गरेपछि तुरहीको छ जनाको उक्त राहत समूह रातको दश बजे मनहरीबाट काठमाडौंको लागि यात्रा तय गरेर विहानको दुई बजेमात्र काठमाण्डौं सुरक्षितसाथ आइपुगेको थियो ।
 
विएनसिएको मण्डली संरचना पुनर्निर्माणका लागि नब्बे हजारको बैंक चेक पाएपछि यो समाचार तयार पार्दा सोमबारसम्म निंखा चर्चका पास्टर शुक्रमान चेपाङ हेटौडामा जस्तापाता किन्न आइसकेका टेलिफोनमार्फत तुरहीलाई जानकारी गराउनु भएको थियो । 
 
भूकम्प पश्चात चर्च भवन जसोतसो पुनर्निर्माण भएपनि तर भवनको पाखो भने खुल्ला थियो अब हामी यो रकमले यसै सातामा जस्तापाता किनीसकेर चर्च भवनलाई संगगि गर्न योग्य वनाउनलाई आर्थिक सहयोग गरेकोमा हामी मण्डलस् परिवार विएनसिए प्रति आभारी छौ पास्टर शुक्रमानले खुशी हुँदै उक्त प्रतिक्रिया दिनुभएको थियो ।
 
त्यसैगरि होली लाइफ चर्चका पास्टर चित्रवहादुर चेपाङ विएनसिएको चर्च भवन पुनर्निर्माण रकम पाँएपछि निकै हर्षित हुनुभएको छ । उहाँले भन्नुभयो त्यसै त हामी चेपाङ जातीलाई राज्यले हेला गरेको अवस्थामा सात समुन्द्रपारीबाट भुटानिज नेपालीहरु विएनसिएले मण्डली भवन पुनर्निर्माणमा आर्थिक सहयोग गरेर हामीलाई परमेश्वरीय प्रेम देखाउनु भएकोमा हामी मण्डली परिवार निकै धन्यवादी भएका छौ । 
 
पास्टर चित्रले भन्नुभयो, “भूकम्प पश्चात हाम्रो आराधना गर्ने भवन भत्किएपछि मण्डली भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटोस भनेर हामी मण्डली परिवार सामूहिक उपवासमा थियौं फलस्वरुप हामीलाई विएनसिए मार्पmत यो रकम जुटेको छ ”। यस्तो विपत्को अवस्थामा हामीलाई सहयोग गर्ने विएनसिएका सम्पूर्ण मण्डलीलाई हामी प्रार्थनामा सधैं सम्झिरहने छौ पास्टर शुक्रमान चेपाङले तुरहीलाई प्रतिक्रिया दिनुभयो ।
 
स्मरण रहोस् यस अघि करिव एक महिना अघि विएनसिएले चर्च भवन पुनर्निर्माण आर्थिक सहयोगका लागि धादिङ जिल्लाका रि गाविसका छ वटा चर्चहरुलाई करिव १२ लाख नगद सहयोग गरेको  थियो । अब तेस्रो चरणको राहत वितरण कार्यक्रम अझैं वाँकी रहेको छ ।
 
विकासका दृष्टिकोणले राज्यबाट उसै त उपेक्षित भएका मकवनपुरका चेपाङहरुलाई सात समुन्द्रपारीबाट नेपालीभाषी भुटानिज–नेपालीहरुले विएनसिए मार्फत भूकम्प पश्चात चर्च भवन पुनर्निर्माणमा मकवानपुरका चेपाङ समुदायकाहरुलाई आर्थिक सहयोग आर्थिक सहयोग गरेका छन् । उक्त सहयोग पाँएपछि चेपाङ गाउँमा मण्डलीसदस्यहरु विएनसिएप्रति धन्यवादी भएका छन् ।