+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

दश वर्षिय वालकको अचम्मको प्रतिभा,जसले वाल्यकालमै आफ्नो जीवन परमेश्वरलाई अपर्ण गरे

event
दश वर्षिय वालकको अचम्मको प्रतिभा,जसले वाल्यकालमै आफ्नो जीवन परमेश्वरलाई अपर्ण गरे
कुमारसिंह विष्ट,
२जेठ ०७३, काठमाडौं । उनको उमेर दश वर्ष मात्र पुग्यो । मजाले गिटार वजाउँछन् । फुल कन्फिडेन्सका साथ गीटारमा औंलाहरु चलाउँछन् । यती सानै उमेरमा गीतका लागि आफैं शब्द रचना गर्छन त्यती मात्रै कहाँ हो र आफैं संगीत पनि भर्छन आफूले लेखेको शब्दमा । उनी भन्छन्,“पहिला लय भर्छु अनी मात्र शब्द लेख्छु ”। झट्ट हेर्दा सानै उमेरको देखे पनि तर उनमा भएको गायन र गीटार वजाउने प्रतिभा देख्यो भने उनी जो कसैलाई विलक्षण लाग्छ ।
नपत्याए हेर्नुहोस् उनले गाएको गीतको भिडियो । यो लिन्कमा ।
 
उनको नाम हो माइकल सिन्हा । उमेरमा सानै भएपनि उनमा भएको गायन प्रतिभा हेर्दा जो कसैलाई लाग्न सक्छ की उनी खारिएका कलाकार हुन् । तर उनको वास्तविकता फरक छ, न उनी जीवनमा कहिल्यै स्कूल गए र न उनले कहिल्यै अरुसँग वाजा सिके पनि । स्कूल नगए पनि कुनै स्कूले वालवालिका भन्दा ज्ञानमा कमी देखिदैनन् र गीटार वजाएको शैली हेर्दा उनी कुनै गीटार सिकाउने गुरु जस्ता देखिन्छन् ।
दश वर्षको उमेरमा उनले यसै साता काठमाडौंमा उनको जीवनको पहिलो गीत रकेर्ड गराएका छन् । उमेरमा सानै भएपनि उनी हरेक कुरामा प्रभुको इच्छा भए भनेर हरेक कुरामा परमेश्वरको इच्छा खोज्न सिकेका छन् ।
 
तपाईलाई के कुराको आवश्यकता छ भनी सोध्दा उनी निष्फिक्रि भन्छन् “परमेश्वरको इच्छा भए उहाँको महिमाको निम्ति एउटा गीटार किन्न चाहान्छु”। कुराकानीको क्रममा माइकलले भने,“मैले मेरो स्वरलाई परमेश्वरको महिमाको निम्ति अपर्ण गरीसकेको छु, मेरो गला र कलाबाट केवल परमेश्वरको मात्र महिमाका स्वरहरु मात्र निस्किनेछन् ”। उनले जीवनभरि परमेश्वरका गीतहरु यसरी नै गाइ नै रहने बताए । प्रभुका गीतहरुवाहेक अन्य गीतहरुमा आफ्नो कलालाई रत्तिभर पनि प्रयोग नगर्ने बताएका छन् ।
स्कूल कहिल्यै जाँदैनन्, उनी स्कूलमा जान पनि मान्दैनन् । किनकी उनका वुवा शमूयल सिन्हाले उनी लगायत आफ्ना पाँच छोराछोरीहरु कसैलाई पनि अहिलेसम्म अध्ययनका लागि स्कूल पठाएका छैनन् । अहिलेको आधुनिक समयमा आफ्ना वालवालिकालाई स्कूल अध्ययन गर्न पठाउनु पर्नेमा किन तपाई आफ्ना छोराछोरीलाई अध्ययनका लागि स्कूल पठाउनु हुन्न भन्ने जिज्ञासामा पास्टर सिन्हा भन्छन्, मेरा छोराछारीहरुलाई स्कूलको हरेक कितावहरु घरमै ल्याएर स्वअध्ययन गराउछु । उनले परमेश्वरको भय मान्नु नै ज्ञानको शुरुवात भएको हितोपदेशको पुस्तक एक अध्यायकोे सात पदलाई आधार मानेर जवाफ दिए ।
तर रहस्यको कुरा त के छ भने उनका वुवा पास्टर शमूएल सिन्हा छोरो माइकललाई कहिल्यै पनि स्कूल पढाउँदैन पठाउँदैनन् । पास्टर सिन्हाका पाँच जना छोराछोरी छन् । माइकलचाहिँ छोरामध्येका जेठा हुन् । माइकल पछाडी उनका तीन भाइहरु छन् र एक वहिनी पनि । भाइहरु पनि यसरी नै गीत गाउन र गीटार वजाउन खप्पीस छन् । वहिनी भने उमेरमा सानै छन् ।
 
उनका वुवा नवलपरासीस्थित जागृती मण्डली नेपालका पास्टर हुन् । सिन्हा भन्छन् म मेरा छोराछोरीहरुबाट परमेश्वरको महिमा भएको देख्न चाहान्छु । त्यसो त पास्टर सिन्हाको घर भारतको सिलोङ हो । भारतको सिलोङबाट वि.सं.२०५६ सालमा उहाँ नवलपरासीमा आउनुभइ नवलपरासीमा विवाहा गर्नु भएएको थियो । त्यस पश्चात पास्टर सिन्हा नवलपरासी जिल्लामा चर्च प्लान्टिङको सेवा गर्दै  आउनु भएको छ ।
उहाँको सेवकाइमा माइकल लगायत अन्य तीन छोराछोरीहरुले सहायता गर्दै आएका छन् । 
 
गिटारमा मधुर धुन निकाल्न खप्पिस छन् । उनले गिटार वजाएरर भजन गीत गाएको देख्दा उनको मधुर आवाजमा मानिस लठ्ठै पर्छन । उनी भन्छन मेरा छोराछोरीले यसरी नै मसँग परमप्रभुको सेवा गर्नेछन् ।