+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

यूवा शिखर सम्मेलन सकियो

event
३० चैत ०७४ । नेपाल ख्रीष्टिय समाजको आयोजनामा राजधानीमा तिन दिने यूवा शिखर सम्मेलन विविध कार्यक्रम गरि समपन्न भएको छ । तिन दिने यूवा शिखर सम्मेलनले मदन शाहको संयोजकत्वमा ८७ सदस्यीय राष्ट्रिय यूवा समितिको गठन गरेको छ । 
त्यसै गरि सम्मेलनले विभिन्न दस ओटा विभागका संयोजक पनि चयन गरेको छ । जस अन्तर्गत संचार विभाग, आर्थिक विभाग, तालिम विभाग, विदेश विभाग, यूवा अध्ययन तथा अनुशासन विभाग, सर्वागिण विभाग, समन्वय विभाग, प्रकोप विभाग, प्रार्थना विभाग  र प्रशासन विभागमा दस संयोजकको चयन गरेको कुरा संयोजक मदन शाहले तुरहीलाई जानकारी गराउँनु भयो ।
सम्मेलनमा नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकले वचनबाट सेवा पु¥याउनु भएको थियो भने एनसिएस नेपालका महासचिव पास्टर डिल्लीराम पौडेलले परिवार, मिडिया,राजनीति, अर्थतन्त्र,देलकुद र मनोरन्जन जस्ता विषयमा सहभागीहरुलाई सिकाउनु भयो भने त्यसै गरि एनसिएस नेपालका सहअध्यक्ष पास्टर टंक सुवेदीले धार्मिक स्वतन्त्रताको अवस्था, चूनौती र यसमा धार्मिक चौचारीले खेल्दै आएको भूमिकाको बारेमा प्रकाश पार्दै सहभागीहरुलाई विभिन्न समूहमा राखी सामूहगतरुपमा सहजीकरण गर्नु भयो । 
पाटन चर्चका एल्डर शेर एसीले परीक्षा के हो र यसमाथि कसरी सामना गर्ने भन्ने विषयमा वचनबाट सिकाउँनु भयो भने यूवा शिखर सम्मेलन यही चैत छब्बिस गते शुरु भई अठ्ठाइस गते शुक्रबार सम्पन्न भएको हो । सम्मेलन सानेपास्थित आराधना चर्चमा संचालन गरिएको थियो । 
शिखर सम्मेलनमा एनसिएस नेपालका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, एनसिएस नेपालका सचिव पास्टर मुकुन्द शर्माले वोल्नु भएको थियो । पास्टर बि.वि.खनालले संविधान र मुलुकी ऐनको विषयमा जानकारी राख्नु सदुपयोग गर्न तयार रहनुपर्छ भन्नुभयो ।
सम्मेलनका वक्ता डेभिड किङले नेपालको लागि विशेष प्रार्थना, म्यापिङ प्रेयरमा अगुवाइ गर्नुभयो जसमा नेपालको विशाल नक्शालाइ बिचमा राखी वरिपरि रहेर हात फैलाइ, घुँडा टेकी विलाप गर्दै नेपाल देशमा सम्वृद्ध, विकस र सुशासन लागि सबैले गम्भिर प्रार्थना गरेका थिए । 
वाइडव्लुएम नेपालका निर्देशक नर लामाले सर्वा्ङ्गिण सेवा कार्य विषयमा अफ्नै जीवनबाट गवाही दिनुहुँदै परमेश्वरले हामीलाइ सबै क्षेत्रमा अशिष दिन चाहनुहुन्छ भन्ने बताउनुभयो । त्यसैगरि सिलास शाही र बिपी खनालले एक मिनेटमा जीवन गवाही दिने र त्यही गवाहीद्वारा कसरी सुसमाचार प्रचार गर्ने भन्ने सम्बन्धमा तालिम सहजीकरण गर्नुभयो ।