+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

मृतकलाई प्रार्थनाद्धारा जिउँदो पार्छु भन्ने दिपक चौधरी पास्टर होइनन–टिकापूर ख्रीष्टिय समाज

event

तुरही न्यूज । २१ साउन ०७७ । काठमाडौं । कैलाली टिकापूरस्थित गणेशपुर शिविरका मृतक मोतीराम डगौरा थारुलाई प्रार्थनाद्धारा जिउँदो पार्छु भन्दै पाँच दिन सम्म घरमै थुनेर राख्ने दिपक चौधरी कुनै पनि चर्चको पास्टर नभएको थाहा हुन आएको छ ।  आज बुधबार टिकापुरस्थित टिकापुर ख्रीष्टिय एकता समाजले एक प्रेस विज्ञप्ती प्रकासन गर्दै उक्त विषयमा सम्प्रेषण भएको समाचारप्रति खेद प्रकट गरेको छ । विज्ञप्तीको पूरा पाठ पढ्नुहोस् ।  संचार माध्ययमा मृतक मोतीराम डगौरा थारुलाई प्रार्थनाद्धारा जिउँदो पार्छु भन्दै पाँच दिन सम्म घरमै थुनेर राख्ने टिकापूरका पास्टर दिपक चौधरी...भन्ने समाचारले चर्चका पास्टरको आस्थाप्रति चोट पुगेको भन्दै सम्प्रेषित समाचारका दिपक चौधरी त्याहाँको कुनै पनि चर्चको पास्टर नभएको दावी गरेको छ ।  विज्ञप्तीमा दिपक चौधरी कुनै पनि चर्चको पास्टर नभएको र विभिन्न संचार माध्यमले घटनाको सत्य–तथ्य थाहा नगरी अतिरञ्जीत प्रकारले समाचार सम्प्रेषण गरेर सिंगो ख्रीष्टियान समुदायको वदनाम गर्न खोजेको आरोप लगाएको छ ।  टिकापुर ख्रीष्टिय एकता समाजका अध्यक्ष पास्टर हिरालाल भाटले दिपक चौधरी कुनै पनि चर्चको पास्टर नभएको दावी गर्नु भएको छ । पास्टर भाटले कुनै पनि व्यक्ति कुनै पनि चर्चको पास्टर बन्नको लागि अन्य चर्चका पास्टरहरुसँगको उपस्थितिमा कार्यक्रमको आयोजना गरि पास्टर अभिषेक गर्नु पर्ने बाइबलको विधि भएको हुनाले दिपक चौधरीले बाइबल अनुसार त्यस्ता कुनै पनि बिधि नगर्नु भएकोले दिपक चौधरी पास्टर नभएको पुष्टि गर्नु भएको हो । समाजका अध्यक्ष पास्टर भाटले मृत्यु प्राकृतिक नियम भएको हुनाले यसलाई स्वीकार्नु हाम्रो विश्वास हो । मृत्यु भई सकेको अवस्थामा प्रार्थना गरेर जिउँदो पार्छु भनेर प्रार्थना गर्ने र पाँच–पाँच दिनसम्म शवलाई घरमै राखेर प्रार्थना गरेर जिउँदो पार्छु भन्ने व्यक्ति कुनै पनि चर्चको पास्टर हुन नसक्ने दावी गर्नु भयो ।