+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

मलेशियाको जोहरमा तीन दिने सम्मेलन सम्पन्न

event

तुरही न्यूज । २८ जनवरी २०२० । काठमाडौं । जोहोर नेपाली ख्रीष्टियान फेलोसिपको आयोजनामा मलेशियाको जोहरमा तीन दिने जागृती सम्मेलन आशिष्मय प्रकारले सम्पन्न भएको छ । सम्मेलनमा अमेरिकाबाट वर्ड एण्ड लाइफ चर्चका वरिष्ठ पास्टर विनय भण्डारी र नेपालबाट भक्तपुरस्थित हाम्रो मण्डलीका पास्टर रोहित ढकाल प्रमुख वक्ता भएर वचन प्रचार गर्नु भएको थियो ।

वक्ताद्धय पास्टर विनय भण्डारी र पास्टर रोहीत ढकालले तीन दिनसम्म विभिन्न विषयमा प्रचार गर्नु भई सहभागीहरुलाई आशिष्ति तुल्याउनु भयोे । उहाँहरुले सम्मेलनको ‘तिमीले व्यक्तिलाई बाउन्स देख्छौ भने म त्यो व्यक्तिलाई सेना देख्दैछु’ भन्ने थियो ।

पास्टर विनय भण्डारी अमेरिकामा भएका नेपालीभाषी चर्चहरुमा निकै परिचित हुनुहुन्छ । उहाँले सन् २०१९ जनवरी देखि न्यूज २४ टेलिभिजनमार्फत पनि हरेक आइतबार साँझ ५ः३० बजेबाट ३० मिनेटको वर्ड एण्ड लाइफ कार्यक्र प्रस्तुत गर्दै आउनु भएको छ । त्यसैगरी विगत पाँच वर्षदेखि नेपालका विभिन्न ९ ओटा एफएम रेडियो मार्फत सातामा दुई पटक १५÷१५ मिनेटको वर्ड एण्ड लाइफ रेडियो कार्यक्रम प्रसारण भइ रहेको छ ।

उहाँको विनय भण्डारी अफिसियल नामक यूट्यूब च्यानलमा विभिन्न विषयमा प्रचारिएका सयौ भिडियो देख्न सकिन्छ । उहाँलाई फेसबुकमा पनि हजारौले फलो गर्छन भने यूट्यूब च्यानलमा पनि १३ हजार ५ सयले सब्सक्राइब गरेका छन् ।

त्यसैगरी पास्टर रोहीत ढकाल झुठो शिक्षाका विरुद्ध खरो प्रचार गर्ने पास्टरकारुपमा देशभरी परिचित हुनुहुन्छ ।

सम्मेलन यही जनवरी २५ देखि २७ तारिखसम्म जोहरमा आयोजना भएको थियो । सम्मेलनमा त्यस भेगका विभिन्न नेपालीभाषी चर्चका ३ सय वढि चर्चका पास्टरअगुवाहरु र सदस्यहरुको सहभागीता रहेको कुरा समाचार श्रोतले जनाएको छ । तीन दिन सम्म संचालन भएको सम्मेलनमा तीन जना नयाँ नेपालीहरुको येशूलाई आप्mनो जीवनको मुक्तिदाताको रुपमा ग्रहण गर्नु भएको थियो ।

स्मरण रहोस् मेलेशियामा मात्र दुई सय वढि नेपालीभाषी चर्च झुण्डहरु रहेको मानिन्छ । पास्टर भण्डारी सेवकाइका लागि विश्वका विभिन्न देशमा भ्रमण गर्नुहुन्छ ।