Slide

उनीहरुले राजको मृत्यु भइसक्यो अब यो वाँच्दैन भने । तर कसरी वाँचे त राज त्यसो भए...


event

- सुनिल राज लामा, ५ माघ २०७३ काठमाडौं,
            यो संसारमा सारा खुशीहरू थुपारेर मानिस जती सुखी सम्पन्न भएपनि त्यो मानिसले आफ्नो अतित भने कहिलै पनि बिर्सन सकिदैन, चाहे त्यो मानिस गरिब नै किन नहोस । लक्का बैँसको जवान नै किन नहोस या बृद्ध नै किन नहोस । उसले आफ्नो बाल्यकालको हरेक कुराहरु आफ्नो अतितलाई सम्झेकै हुन्छ । हो, यहि हो अतित । सबैको अतित कहाँ एउटै हुन्छ र ? सबैको फरक–फरक हुन्छ । कसैको सुख लाग्दो हुन्छ त कसैको दुःख लाग्दो । यस्तै दुःखलाग्दो हरेक कुराको पिडा, दुष्टको आक्रमण अनि पढाईमा समस्या, आत्मा हत्याको सोच हस्पिटलमा मृत्यु भएको समचार अनि त्यहि ब्यक्ति प्रार्थना पश्चात जीवित, त्यस पछि परिवर्तनको यो बास्तविक साक्षी हो राज भुजेलको । 
जन्मेको केहि बर्ष पछि काठमाडौँ आएका उनी थापाथलीको गुजेश्वरी स्कूल देखि पढाई सुरु गरें, सिटिजन स्कूल हुँदै सुनकोसी स्कूलबाट निकै कष्टसंग एस.एल.सि. पास गरे । तर कसरी गरे त ? तपाई पाठक बिच मैले यो बास्तविक राज भुजेलको गवाही, उनले भोगेर, भने जस्तै प्रस्तुत गरेको छु ।  
उनको जन्म वि.सं २०५३ बैशाख २० गते मध्य रातको १२ः०५ मिनेट जाँदा आमा मुना भुजेलको कोखबाट हेटौँडाको एक सानो झुपडीमा जेठो छोराको रुपमा भयो । उनको बुवाको नाम राम चन्द्र भुजेल हो । 
रेखाको कुरा भनौँ या दुःखको कुरा जन्मेको केहि समय पछि उनी बिरामी भएँ । चेकपको लागी जाँदा बाथ रोग र ग्यास्ट्रिकले समातेको भन्ने थाहा पायो । बच्चै देखि विरामी र दुष्टको पेलाईले १८ बर्ष सम्मै विमारी थिए उनी । यो १८ बर्ष भित्रको भोगाई उनले यसरी सुनाउन थाले मलाई ।
राज ६,७ महिनाको हुँदा धेरै विमारी थियो । उनको आमा पनि बाँच्न नसक्ने अवस्थामा पुगिसकेको थियो । त्यहि बेलाको कुरा रहेछ राजको बुवाले अर्को विहे गरेको । यता घरमा श्रीमती र छोरा अब बाँच्दैन भनेर अगाडी नै अर्को बिहे गरेको रहेछ उनको बुवाले । पछि राज ३ बर्षको हुँदा उनको आमाले यो चाल थाहा पाएछ । पछि घरमा यो कारणले ठुलो झगडा भयो, अनि राजको त्यो कलिलो मस्तिस्कमा नराम्रो प्रभाव पर्यो । यसै कुरालाई लिएर राजले भन्यो “त्यहि बेला देखि नै हो म बुवा संग त्यति बोल्न चाहँदिन थिएँ र बोल्दिन थिए अनुहार पनि हेर्न मन लाग्दैन थियो । अहिले ४ बर्ष जति भयो राम्रो संग बोल्न थलेको त्यो पनि ख्रीष्टको प्रेमले गर्दा” आमालाई सम्झि अझै भन्छन “आमा भने सँधै बुवा र परिवारलाई राम्रो होस भनेर केहि नखाई - नखाई बंगलामुखीको ब्रत बस्नु हुन्थ्यो तर बुवाको चाल...” यो कुरालाई रोकेर उनले कुरा मोड्यो । त्यति खेर राजको बहिनी पनि भइसकेको थियो । त्यो बहिनी पनि उस्तै विमारी ।
त्यो दिनको कुरा हो जुन दिन उनी बबर महलको सुनकोशी स्कूलमा पढ्दै थिए राज ।एक्कासि राजको गोडा चलेन । राज र उसका साथीहरु आत्तिए “हैन एक्कासी यो के भयो” भनेर । त्यसको केहि समय पछि उनको आमा त्यो स्कूलमा पुगेर उनलाई धामी झाँक्रीकोमा लगीयो । त्यस पछिका दिनहरु देखि राज काँप्न पो थाल्यो । उ मात्र नभएर उनको आमा पनि काँप्थीन । धेरै मठमन्दिर धाए आमा छोरा निको हुनलाई । पुजा पाठ गरे तर झन राजलाई गाह्रो भई रहेको थियो । अबत झन स्कूलमा पनि घरम पनि काँप्न थाल्यो । उनको बहिनी भने “के भएको हो यो” भनेर एकोहोरो हेर्थीन कहिले आमालाई त कहिले दाई राजलाई । अनि डराउँथ्यो । जहाँ जुन ठाउँमा गए पनि उनी निको नभई झन अब त रोग झै भयो । सानो घाउ पाकेर ठूलो भए झैँ भयो । त्यस पछि बंगलामुखिको ब्रत बस्ने उनको आमा निराश भइ एक जना ख्रीष्टियन दिदीलाई फोन गरे । त्यो फोनमा पहिलो जवाफ यस्तो थियो । “हामी त ख्रीष्टियान हौँ तिमीहरु त हिन्दु ! त्यसैले जान्ने झाँक्रिलाई नै देखाउन... भएन भने हस्पिटल जाउ न !” राजको आमाको जवाफ थियो “हामीले यी सबै उपाय गरीसकेउँ बरु तपाई आएर हेरी दिनुहोस न” यो विन्तिको जवाफ स्वरुप त्यो दिदीले आफ्नो छोरालाई पठाए । राजको परिवार र त्यो दिदीको परिवार १० बर्षको पुरानो सम्वन्ध थियो । तर विचमा भने कुराकानी भएको थिएन । फोन गरेको १ घण्टा पछि त्यो दिदीको छोरा आयो । कालो कपडामा जीन्स पाइन्ट, हातमा बाइबल बोकेर राज बसेको घरको गेट भित्र छिर्यो । राजले जब त्यो दाईलाई देख्यो तब झन राजलाई गार्हो पो भयो । यहि विषयलाई लिएर राज भन्छन “त्यो दाइलाई देख्दा त मलाई गर्हो भएको थियो नै झन उहाँले मेरो शिर माथि हात राखेर प्रार्थना गरीदिँदा म मुर्छा परे आँगोको रापमा बसेको भन्दा पनि बढि गार्हो भयो ।” राज झन धेरै काँप्न थाल्यो उसलाई सास फेर्न पनि गार्हो भइ रहेको थियो । उनी त्यसरी काँप्नु भन्दा अगाढी केहिकुरा उनी भित्र पसेको महसुस हुन्थ्यो अरे उनले पछि बतायो । जब त्यो दाई दिपक खत्रीले चर्च जान आग्रह गरे । यो २०७० साल जेठ महिना तिरको कुरा हो । त्यो दाइ दिपक खत्री संग राज पहिलो चोटि क्वाइनोनिया नयाँ बानेश्वरको चर्चमा गए । नौलो त उनको लागी हुनेनै भयो । तर झन उनले उनको लागी प्रार्थना गरिदीनेहरुलाई कुट्न पो  खोज्थ्यो । भन्दै थियो “त्यो बेलामा मेरो होस थिएन म के गर्दै छु भन्ने मलाई स्पस्ट संग थाहा हुँदैन थियो । आमाकै सल्लाहमा मैले ग्रहण गरेको हुँ । तर मलाई त्यो बेलामा थाहा थिएन ।”
राज घर जान मन गर्दैन थियो । उनको अनुहारमा डरको छाँया थियो । उनी भन्छन फेरि त्यो अतितलाई सम्झँदै “यति मात्र हो कि मलाई घर जान मन लाग्दैन थियो कुनै दुष्टात्माको घरमा जाँदै छु भन्ने भान र डर हुँन्थो मलाई । अचम्मै लाग्ने तरिकाले खाना खान्थेँ तर शरिरमा भने केहि लागेको थिएन । रगत पनि आँउदैन थियो । खाना नखाएको जस्तो पहेँलो हुन्थे म ।” उनि मध्यान्हको १२ बजे जहिले पनि काँप्थे । पढिरहेका साथीहरु उनी देखी डराएर भाग्थे, त कोहिले सहयोग साथ समात्न आउँथे । तर स्कूलका सर भने साथ र सहयोग गर्नु त कता – कता उ भित्र झन् डर र निराशपन हालिदिन्थ्यो । भन्दै थियो राज “तँ त अब पागल भइस भन्थे सरहरुले अनि तैले अब पढ्न सक्दैनस भन्थे” सरहरुले नै यसरि भने पछि कसलाई निराश लाग्दैन र ? जो कसैलाई पनि, कस्तो अभागी भएर जन्म लिएछु भन्ने हुन्छ । अनि बाँच्नु भन्दा मर्नु नै बेस भनेर कति स्कूले विद्यार्थीहरु आत्माहत्या गरेर मर्छन । यस्ता धेरै घटनाहरु छन हाम्रा वरिपरि । केहि गर्न नसक्नेलाई स्कूलका सर मिसहरुले प्रेरणा दिएर हुन्छ कि, उदाहरण दिएर हुन्छ वा प्रेम देखाएर हुन्छ । यस्ता हरेक कुराहरुबाट थलिएका कमजोरी विद्यार्थीहरुलाई सक्षम बलियो बनाउन सक्ने स्कूलका सरहरुनै बास्तममा सर हो । नत्र भने किताब हेरेर पढाउने, लागुपर्दा सेवन गर्नु हुन्न भनेर सिकाउने तर आँफै सेवन गर्ने, नामको मात्र सरहरु हुन् । यस्ताहरुले कमजोर विद्यार्थीहरुलाई झनै कम्जोर बनाउँने र पानि नपुगेर मर्न लागेको कलिलो विरुवालाई मुन्टै भाँचेर ओखिलीदिने गर्छन । यस्तै भयो राजको जिवनमा । उनले सोचे पनि, कसरी मर्न सक्छु म, भनेर उपाएहरु खोजे तर उसकोलागी उपयोगी आत्माहत्याका कुराहरु पाएन । पढेको कुरा होईन सरको गालीका कुरा र आफ्नो काँप्ने व्यथा लिएर नै उ घर फर्कन्थे । झन त्यति बेला घरको बुबाले पनि उनलाई यस्तै भन्थे । “यसले पढेर खान सक्दैन” त्यो जवाफ प्रति आमाको प्रतिकार थियो “जसरी भएपनि म यो एउटा छोरालाई पढाएरै छाड्छु ।” तर राज भने त्यो बेला जति पढ्न कोसिस गरे पनि सक्दैन थियो । त्यति बेला उ ८ कक्षामा पढ्दै थियो । उसैत पढ्न नसकेको बेलामा अभिवाभक र सरहरुबाट नै यस्तो कुराहरु आएपछि, राज झनै निराश हुन्थ्यो । साँच्चै भन्नेहो भने राजले त अब पढ्नै नसक्ने भएर स्कूल छोड्नु पर्यो । 
यसरीनै उनको दिनचर्या बित्दै थियो । अबत स्कूल छोड्नु त परै जावस राज घरै नबस्ने भए । कारण थियो घर भित्र पस्दा (भुत) सैतानको ओडार भित्र पसेको जस्तो भान हुन्थ्यो उनलाई । समय समयमा काँप्थ्यो । त्यसैले अबत राज, त्यो दाई दिपक खत्री संगनै बस्न थाले प्रार्थना संगतिहरुमा हिँड्न थाले । लगभग ६ भहिना जति खत्री दाई संगै बस्यो राज । तर उ काँप्न भने छोडेको छैन । भन्दै थियो उनि “मलाई छोप्दा बग्थे, यतिबेला म फेरी आउँछु भन्थ्यो त्यसरी नै तोकेको त्यति बेलामानै मलाई छोप्थ्यो ।”
घरेलु संगती र प्रार्थना संगतीमा उ निरन्तर हिँडि रहेको थियो । प्रार्थनाको बारेमा बोल्दै “पछि आँफै पनि जानी नजानी प्रार्थना गर्ने भएँ म । अरुहरुले अन्य भाषामा प्रार्थना गरेको देखेर मैले पनि परमेश्वर संग प्रार्थनामा अन्य भाषा माँगे । एक्कसी आकासमा केहि उडेर आएको जस्तो भान भायो । दुष्ट आत्मा अत्तिएको जस्तो आवाज मैले सुने । त्यस पछि त झनै मैले पनि प्रभुसंग अन्य भाषामा प्रार्थना गर्न थाले ।”
यसरि नै त्यो समयमा निरन्तर प्रार्थना गर्दा पनि राज निको भएन । सो कारणले गर्दा राज निराश भइसकेको थियो । सम्झना छ, त्यो दिन चर्चमा राजको निता आन्टि अनि उसको बाआमा र बहिनी पनि संगै थियो । त्यति खेर आमा संग निराशाको पिडा पोखाउँदै थियो राजले “ममि म संग अब केहि समय मात्र बाँकी छ, मलाई मर्न आत्मा हत्या गर्ने मन मात्र आउँछ । जति जे गर्दा पनि म निको भईन, झन मलाई गारो भइरहेको छ । दुष्टले मलाई छोपीरहेको छ । म जति खेर पनि काँपि रहन्छु । ...भयो अब मेरो लागी केहि कोसीस नगर्नु होस, बरु मेरो इच्छाहरु पुरा गरिदिनुहोस ।” आफ्नो भएको एउटा जवान छोराले यस्तो भन्दा कुन चाँहि आमाको आँसु झर्दैन होला ? त्यति खेर राजको आमा धेरै रुयो । छोराको त्यो जवाफको, फर्काउने कुनै उत्तर थिएन त्यो आमासंग । धन्न राजको निता आन्टि त्यहिँ भएको कारण निता मोक्तानले आशाको त्यान्द्रो देखाउदै भने “भाई अझै प्रभुमा भरोशा राख तिमी निश्चय नै निको हुन्छौ ।” यो भनाई न टुङ्गीदै राजले बोली हाल्यो “आन्टि अब मैले कसैमाथी भरोसा नै गर्न सक्दिन, म अब बाँच्दिन होला ।” यस्तै कुराकानी विच राज प्रार्थना संगतिमा फेरी निरन्तर हिँड्ने निर्णय गर्यो । 
अब उ दिदी बहिनी संगतीको प्रार्थनामा दैनिक जान थाल्छ । कता – कता उसलाई अफ्ट्यारो लाग्छ । कारण हो, आमा दिदी बहिनीहरुको माझमा उ मात्र केटा भएकोले । तै पनि उनि निको हुने आशामा प्रार्थनामा नै अघि बढिरहेको थियो । एक हप्ता वितिसकेको थियो । त्यस पछिको कुरा हो, संगति बाट घर फर्कदै गर्दा उ बाटो विच्मा उभियो, र सोच्यो “हैन म यो हप्ता भरि त कामीन कतै म निको भएकी क्या हो ?” त्यस पछि बाटोमा हिँड्दै एक्लै मन मनै बोल्न थाल्यो । म यो हप्तामा काँपिन दुष्टले केहि गरेन । हैन यो के अच्चम्म भयो भन्दै । घर पुगे । अनि फेरी मन मनै सोच्यो “अब भोलि पनि हेर्छु म काँप्छु कि काँप्दिन” । भोली पल्टको दिनमा पनि साँच्चै कापेन । त्यस पछि राजमा एक प्राकारको आनन्दले हृदयमा बास गर्न थाल्यो । चंगाईको महसुस भयो उनलाई । त्यस पछि भोली पनि हेर्छु म के हुँदो रहेछ भनेर घरमै बस्यो । त्यो दिन पनि केहि भएन । कुन बेला आफु चंगाई भयो सो राज आँफैलाई थाहा भएन । त्यस पछि उस्ले बप्तिस्मा लिने निर्नया गर्यो । चर्चका पास्टर तेजमान तामाङलाई भने “म बप्तिस्मा लिन चाहान्छु” पास्टरको जवाफ थियो “तिमीले बप्तिस्मा क्लास लिउ ?” राज हतारिदैले हत्तार गर्दै भन्न थाले “छैन तर जसरि भएपनि आज भोलीनै बप्तिस्मा लिन चाहान्छु म ।” यसरी नै ७० सालको मंसीर २९ गते सनिबार दिउसो ३ बजेतिर राजले त्यो जाडो महिनाको चिसो पानीमा बप्तिस्मा लियो । बाँकि जीवन ख्रीष्टमा नै विताउँछु भनेर ।
बप्तिस्मा पछि फेरी राजमा ठूलो परिक्षा आयो । ख्रीष्टमसको माहोल थियो त्यो बेला । राज बालकोटमा क्यारोल खेल्न गएँ १२ १३ जनाको हुलमा । त्यहा बाट फर्के पछिको कुरा हो । राजले रातभरी बान्ता गर्यो । उ यस्तो बिरामी भयो कि त्यो चिसो विहानीमै उन्को जीउ बाट पसिना बगीरहेको थियो । उन्को आमाले देखे अनुशार । राजको सरीर बाट बाफ उडिरहेको थियो । छक्कै पर्ने गरी । केहि समय पछि प्राथाना गरिदिनको लागी धेरै व्यक्तिहरु आए राजको कोठामा । राजलाई धेरै गर्हो भएको कारण हतार – हतार के.एम.सी. अस्पतालमा लगीयो । यो ७० सालको पुष १ गतेको कुरा हो । केएमसी अस्पतालको एमरजेन्सि बेटमा राजलाई सुताएर डाक्टरले आमालाई सोत्धै थियो । के के भाको हो भनेर । भन्दा नभन्दै राज एक्कासी मुर्छा परेर त्यो बेटमा काम्न थाल्यो । बाआमा त के, डाक्टरहरुनै आत्तिन पो थाले “के भयो यो भाइलाई भन्दै” के.एम.सी.का डाक्टरहरुले घेरे रोग पत्ता लगाउने कोसीस गरे तर सकेन । छट्पटाउदै राजले जिब्रो टोक्न थाले पछी, राजको मृत्यु भयो अब बाँच्दैन भन्ने कुराहरु त्यो हल भित्र गुन्जीन थाल्यो । कारन थियो, राजले जीब्रो टोकेर सासै नफेरेको । राजको आमा आत्तिए अनि डाक्टरले आशा मार्यो । बेटमा लास जस्तै तेर्सीएर बस्यो राज । यो बास्तविक घटना हो ।  
केहि उपाय नलागे पछि अब राजको आमाले रुँदै ख्रीष्ट संग विन्ति गर्न थाले । “प्रभु तपाईको इच्छा छ मने मेरो छोरा नलैजानुहोस मेरो छोरा मलाई फीर्ता गरीदिनुहोस । बचाउनुहोस यदि तपाई परमेश्वर हुनुहुन्छ भनेँ ।"
अच्म्मको कुरा, त्यो प्रार्थना पस्चात, केहि समय पछि राजले सास फेर्न थाल्यो । भन्दै थियो राजले आङ तान्दै “मैले सास फेर्न थाले पछि एकजना डाक्टरले मैले टोकिरहेको जिब्रोलाई भित्र घचेटेर मलाई अक्सिजन लगाई दियो अरे । त्यसको रातीमात्र मलाई हल्का होस आको थियो अरे पछि मात्र मैले यी कुराहरु थाहा पाएको हुँ ।” हो उनलाई मरेर बाँचेको कुरा पछि मात्र थाहा भयो । उनको सीटि स्क्यान, एक्सरे सबै गर्यो तर केहि देखीएन । उनको ढाड बाट पनि पानि नीकाली हेर्यो तर पनि पत्ता रोगको लागेन । उनलाई ३ दिन पछि मात्र राम्रो संग होस आयो । भन्दै थियो राज “मेरो केहि रोगहरु नदेखीएको कारण पुषको ५ गते डिसचार्ज भएर घर फर्के ।" घरमा आएर पनि सुतेको सुते भए राज । बप्तिस्मा लीएको पहिलो (७०)सालको ख्रीष्टमसको दिनलाई सम्झँदै “त्यो दिन चाहि म सकि नसकि उठेर चर्च गएँ किनकी ख्रीष्टमस कस्तो हुँदो रहेछ भन्ने खुल्दुली थियो । हेरे पनि, बस्न नसक्ने भएर, २ घण्टा पछि घर फर्के । फेरी ओछ्यानमै थिएँ । तर ममा आशा चाहि थियो । एक दिन म अवस्य निको हुनेछु । भनेर मैले मेरो जीवन परमेश्वरमा समरपन गरेको थिए ।” उनि पहिला भन्दा धेरै निको भइसकेको थियो । त्यो बेला उनि स्कूल जाँदैन थियो । 
फेरी अब उनको मस्तिस्कमा स्कूल जानुपर्छ भन्ने कुरा आउँछ । भन्दै थियो “ला मेरो त स्कुल पो छ हैन म त पढ्नु पर्छ । लास्टको जाँच आउन एक महिना मात्र वाँकि थियो मेरो । तर पढेको भने थिएन मैले । संगतिमा प्रार्थना विषय राखेर म एक महिना मात्र पढेर कक्षा ८ पास गरे । त्यस पछि म झन प्रभुमा विश्वासमा अघि बढे काराण समझ सक्ति दिनु भएकोमा ।” त्यसै गरी ९ कक्षामा पढ्दाको कुरा हो । फेरी उनलाई टाउको दुख्ने समस्या र होस हराउने टोलाउने व्यथाले च्याप्न थाल्यो । आफ्नै घर नचिन्ने र सधै देखेका कुराहरु नचिनेको जस्तो हुन थाल्यो । फेरी पढाईमा डिस्टप भयो । केहि हुन्छकि भनेर आमाले हस्पिटल तिर लगे । भन्छन राज “डाक्टरहरुले एक्लै राखेर सोध्न थाल्यो, जाँड रक्सि चुरोट अनि नसालु लागुपदार्थहरु सेवन गर्छौ ? उसो भए गलफ्रेन्ड छ ?” राजको उत्तर थियो “छैन” डाक्टरको सल्लाह अनुसारको औषधीले उनको जीवनमा काम गरेन । भन्दै थियो आफ्नो हतकेलाको औँला भाँच्दै ९ कक्षाको पढाईको विषयलाई लिएर “साँच्चै, गन्दै भन्ने हो भने ९ कक्षामा पनि म ९ दिन जति मात्र स्कूल गएँ । मैले प्रभुमा नै यी सबै कुराहरु राँखे । त्यति खेर अरुले त परै जवस बुवाले नै हरेस खाने कुरा गर्नु हुन्थ्यो । यसले केहि गर्न सक्दैन भनेर ।” त्यस्तै डाक्टरहरुले पनि भनेको थियो “यो भाईले अब पढ्न सक्दैन र पढाईको लागी जोड नगर्दा पनि हुन्छ ।” यस्ता कुराहरु राज सोयमले सुने सायद त्यहि भएर होला । उनिहरुको अगाडि पढाईमा खडा हुँनको लागी त्यो जवान अवस्थामा के खाउँ के लाउँ हुने भोकलाई नहेरी, केहि नखाई, राज १०० दिनको उपवास सहित पढाईको लागी प्रार्थना गर्न थाले  र अनितम जाँच पनि दियो । यसरि नै ९ कक्षा पनि अचम्म तरिकाले पास भयो । 
खै के लागेर होला पछि त स्कूलको कोहि – कोहि सरहरुले “अझै मेहनत गर्नु है ?” राजले “हुन्छ सर” भन्दै केहिदिन मात्र स्कूल गएको थियो । त्यतिखेर उनको १० कक्षाको पढाई सुरु भएको थियो । २०७२ सालको भुकम्पले फेरि राजको सात्तो लीयो । राज अकमकाउँदै भन्दै थियो “म फेरि पढ्न जान छोडे । भनौँ भने तिहारको पछि देखि मात्र स्कूल जान थाले एस.एल.सी आउन ५ महिना मात्र बाँकी थियो ।” हो यसरि नै उन्ले विहान र बेलुकी गरी जम्मा तिन महिना सम्म मात्र ट्युसन पढेर एस.एल.सी. दिइयो । अब नतिजाको पर्खार्ईमा थियो राज । जुन दिन एस.एल.सी.को नतिजा प्रकासित भएको थियो । पास हुनेकुरा त सोचेकै थिएन तर पनि कतै पास पो भयो कि भनेर नतिजा हेर्न थाल्यो । दिउसोको ३ बजेदेखी कहिले मोबाइल त कहिले साइबर बाट नतिजा हेर्न थाल्यो । साँझको ५ बजीसकेको थियो तर साथीहरुको नतिजा देखाए भए पनि राजको भने देखाएको थिएन । राज भन्छन “जती हेर्दा पनि सिम्वल नम्वरको प्रतिक्रिया नआउँदा म फेल भएँ भनेर सोचेको थियो ।” राजको त्यो निराश मुहार देखेर आमाले भन्दै थियो “चिन्ता नलि अर्को चोटि देउँला ।” नभन्दै साँझको सवा ५ बजे तिर राज पास भएको नतिजा आयो । त्यो नतिजा थाहा पाउँदा राजमा खुशीको सिमा नै भएन । खुशीले गद्गद् हुँदै न रुनु, न हाँस्नु भएको थियो । भन्नुहोस कुन चाँहि विद्यार्थी खुशी हुँदैन र ? ५ महिना पढेको भरमा एस.एल.सी. पास हुँदा । राज भन्छन “स्कूलका ति सर, टोलका मानिस, साथीहरु अनि मेरी बहिनी बाआमा सबै छक्क परे म पास भएको देखेर ।” उनलाई स्कूलका एक जना गणीत पढाउने सरले त यति सम्म हेपेर भनेको थियो कि  “आज सम्म मैले पढाएको विद्यार्थी फेल भएको छैन तर तिमी भने अवश्य फेल हुन्छौ ।” राज यो कुरालाई सम्झँदै खुशी साथ भन्न थाल्यो “तर म पास भएँ, त्यो सर को मुख बन्द भायो । प्रभुले मलाई लाजमा पार्नु भएन । यसैले मैले प्रभुलाई धेरै धन्यबाद दिएँ । मेरो रोगहरु पनि निको भयो । स्कूलमा जाँच दिनको लागी समझ सक्ति दिनुभयो प्रभुले ।”
यस्तै - यस्तै सफलता,चंगाई र खुशीहरुलाई सम्झँदै, महसुस गर्दै, राजले एकदिन आफ्नो कोठामा बसी ठूलो – ठूलो स्वरमा अन्य भाषमा प्रार्थना गर्दै थियो । तब उनको आमाले  कराउंदै भने “नबोल यो सैतानको भाषा हो ।” त्यस पछि त झन उनको बाआमा दुबैले भन्न थाले “तँ सेवकाई गर्न छोडिदे अब चर्च पनि जानु पर्दैन” । राजले त्यो दिनलाई समझँदै भन्छन “नजा मात्र भन्नु त परै जावस तर चर्च नजा भन्दै ममि रुनु पनि भयो । एक मनले त के गरौँ गरौँ भएको थियो । तर म भागेर भए पनि चर्च गएँ । त्यो रुवाईलाई हेरीन मैले । प्रभुले मेरो जीवनमा गर्नु भएको कामलाई हेरेँ र चर्च गएँ । त्यो दिन ममिले फोन गरी भन्यो तँ कहाँ छस् ? मैले भनेँ म संगतीमा फोनमा कराउदै ममिले उसो भए तँ त्यहि बस घर आउनु पर्दैन । फेरि मैले भनेँ ममी म विग्रेर पो हिडेको छैन तर प्रभुको लागी पो हिडेको भन्दा नभन्दै फोन काट्यो ममीले ।” राजले संगतीमा प्रार्थना विषय राखेर घर फर्क्यो । आमाले भनेको कुरा “तँ घर नआइजो त्यतै तिर बस् अब” भनेर कराएको कुरा सोच्द घरमै गए । तर फोनमा गाली गरेर भनेझैँ त्यस्तो आक्रोस पोखेन घरमा । सायद मान्दैन होला भनेर हाला, फेरी नम्र बोलीमा सम्झउँदै आमाले भन्न थाले “हेर छोरा तँ चर्च नजा अब ।” यस्ता धेरै कुराहरु भन्दै सम्झाए । राज सुनेर मात्र बस्यो । पछि निचोडमा राजले जवाफ फर्काए “ममी  म त तपाईहरुको होईन, म त परमेश्वरको हुँ किनकी म प्राभुमा अर्पण गरेको व्यक्ति हुँ । त्यसैले म चर्च जान छोड्दिन जस्ले जे भने पनि जे गरे पनि ।” यस्तै ढिट निर्णय लिएर अहिले सम्मै संगती जान्छन राज । राम्रो कुरा त परिवारले संगती जान रोक्नु भएको छैन । राज भन्छन “अहिले मेरो परीवार पनि चर्च जान्छ । म मनि जान्छु । प्रभुको लागी मैले धेरै काम गर्नु छ अरुलाई पनि ख्रीष्टबाट पाउँने असल कुरा बताउँनु छ ।”
काम्ने, छोप्ने, घरको समस्या, स्कूलको पढाई, बप्तिस्मा पछि विरामी भइ हस्पिटल जानु, राजले जीब्रो टोकी सास नफेर्दा डाक्टर बाट मर्यो भन्ने खवर आमा सामु पुग्नु, प्रार्थना पस्चात बाँच्नु र संगती जान रोक्ने कुराहरु राज भुजेलको वास्तविक जीवन गवाही बाट तपाईले थाहा पाउँनु भयो । तपाईको पनि फरक पिडा व्यथा छ होला । प्रभु येशू सर्वव्यपि सर्वसक्तिमान हुनुहुन्छ । तपाईलाई अनन्त सम्म दिनको लागी उहाँ संग जीवन छ । तपाई आराधनाको जीवन सहिद उहासंग प्रार्थना गर्नुहोस । परमप्रभुले भन्नु भएको छ “त्यसले मेरो पुकार गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु । त्यसका दु:खको घडिमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु ।” (भजनसंग्रह ९१ः १५)