Slide

फागुन २९ मा पास्टर, एल्डर र डिकनका लागि फुटबल खेल हुने


event

तुरही न्यूज । २० फागुन ०७३ । ललितपुर । स्वस्थ र आत्मियताको लागि खेलकुद भन्ने नाराका साथ ख्रीष्टियान स्पोर्टस् फेलोसिप नेपाल र    
एम्बासडरस् फुटबल नेपालको संयुक्त आयोजनामा मण्डलीका पास्टर,एल्डर र डिकनहरुलाई समेटी एक दिने फुटबल प्रतियोगिता आयोजना संचालन हुने भएको छ । 
फेलोसिप र एम्बासडरस्ले यही फागुन २९ गते आइतबारका दिन सातदोबाटोस्थित ख्रीष्टियान स्र्पोट्स फेलोसिप कम्पेलक्समा आयोजना गर्ने भएको छ । संभवतः मण्डलीका पास्टर, एल्डर र डिकनहरुलाई मात्र समेटी नेपालमा पहिलो पटक यस्तो खालको फुटबल प्रतियोगिता आयोजना हुन लागेको पहिलो पटक हो ।
खेलकुदमा सहभागी हुनका लागि आयोजकले यहीे फागुन २७ गतेसम्म इच्छुक पास्टर, एल्डर र डिकनले फेलोसिपको कार्यालयमा दर्ता गराइसक्नु पर्ने जनाएको छ । खेलकुदमा सहभागी हुन कुनैपनि मण्डलीको पास्टर, एल्डर र डिकन मात्रै हुनुपर्ने अन्यथा फुटबल खेलकुदमा सहभागी नगराइने नियम राखेको छ । खेलको अवधी २५–२५ मिनेटको तोकेको छ भने एउटा टिममा १२ देखि १५ खेलाडी हुनुपर्ने नियम राखेको छ ।