+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

ग्लोबल स्पिकिङ्ग सम्मेलन शिलिगुडीका लागि यी चार व्यक्तिहरु मुख्य वक्ता

event
कुमारसिंह विष्ट /निराजन मोक्तान । २३ फागुन ०७३ । काठमाडौं । यही मार्च सोह्देखि अठाह् तारिखसम्म भारतको शिलिगुडीस्थित हिमगोस भवनमा तिन दिनसम्म वृहतरुपमा संचालन हुन लागेको ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियान लिडर्स कन्फे्रन्स–२०१७ मा वोल्ने मुख्य वक्ताकारुपमा आयोजकले चार जना व्यक्तिहरुको नामावली सार्वजनिक भएको छ । 
सम्मेलनका मुख्य वक्ताहरुमा नेपालबाट रेभ डा.मंलगमान महर्जन, अमेरिकाबाट रेभ जोन मोंगर, भारतबाट रेभ दयारत्न प्रधान, र अमेरिकाबाट रेभ डोउग म्याकरी रहनु भएको छ । सम्मेलनका वक्ता रेभ डा.महर्जन काठमाडौंस्थित क्वाइनोनिया ख्रीष्टियान मण्डली कुमारीपाटीका वरिष्ठ पास्टर हुनुहुन्छ ।
त्यसैगरि अर्का वक्ता रेभ पास्टर जोन मोंगर अमेरिकास्थित इन्टरनेशनल रेष्टोरेशन मिनिष्ट्रिका संस्थापक तथा इन्टरनेशनल रेष्टोरेशन चर्चका वरिष्ठ पास्टर हुनुहुन्छ भने त्यसैगरि अर्का मुख्य वक्ता रेभ दयारत्न प्रधान मिशन हिमालय शिलगुढिका कार्यकारी निर्देशक हुनुहुन्छ । अर्का वक्ता रेभ डोउग म्याकरी अमेरिकी नागरिक हुन् । उहाँहरु चार जना प्रभुका सेवकहरुले तिनदिनका लागि सम्मेलन अवधिभर मुख्य वक्ताकारुपमा रहनु हुनेछ र विभिन्न विषयमा सहभागीहरुलाई सिकाउनु हुनेछ ।
त्यसैगरि सम्मेलनमा समूह–समूहमा कार्यशाला पनि संचालन गरिनेछ । उक्त कार्यशालाका लागि आयोजकले नेपाल, भारत, अमेरिका र अन्य देशबाट आठ जना पास्टरहरुको नामावली सार्वजनिक गरेको छ । उहाँहरुमा रेभ एडोन प्रधान, विशप डा.नारायण शर्मा, रेभ डा.मनोज श्रेष्ठ, पास्टर लाजरस थुलुङ्ग, रेभ भिक्टोर मोक्तान, रेभ धुब्र शिस्य, रेभ माइकल मगर र पास्टर आवर लगायतका पास्टरहरुले सहभागीहरुलाई कार्यशालामा अगुवाइ गर्नुहुनेछ ।
सम्मेलनका लागि सम्पूर्णरुपमा तयारी भइसकेको कुरा शिलुगुढि सम्मेलनस्थलमा रहनु भएका रेभ दावा सिंह भुटियाले तुरही न्यूजलाई जानकारी गराउनु भएको छ ।
ऐतिहासिकरुपमा हेरिएको यस सम्मेलनका अध्यक्ष तथा दर्शनकर्ता पास्टर भद्र राईका अनुसार सम्मेलन कुनै एक मिशन संस्था र एक मण्डलीको मात्र नभएर विश्भरमा भएका ४० भन्दा वढि नेपालीभाषी मण्डलीहरुको सहयोग र प्रभुको अनुग्रहले यो सम्मेलन भारतमा आयोजना हुन लागेको बताउनु भएको छ ।