+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

गुड् न्यूज एफ.एम.मा अन्तर्वार्ता प्रसारण भएपछि माइकललाई सहयोग जुटयो -Good News FM Radio

event
 
कुमारसिंह विष्ट,
३ जेठ,०७३ काठमाडौं । गुड् न्यूज एफ.एम.रेडियोमा यही शुक्रबार अपराह्न ४ बजे प्रसारण भएको बाल कलाकार माइकल सिन्हाको अन्तर्वार्ता प्रसारण भएपछि काठमाडौं गंगबुमा रेडियो मेकानिकको व्यावसाय गर्दै आउनु भएका लक्ष्मण राई (लेबी) ले सिन्हाको गिटार किन्नका लागि भनेर रु.६,१७० आर्थिक सहयोग गर्नु भएको छ ।
गंगबु सामाखुशीस्थित हिस्ट्रि मेकर चर्चका साधारण सदस्य राईले गिटार किन्नका लागि उक्त सहयोग रकम गुड् न्यूज एफ.एम.रेडियोको अनामनगरस्थित स्टेशनमा आई यही मिति २०७३ साल जेठ ३ गते प्रदान गर्नुभएको हो ।
हाल नवलपरासिमा रहनुभएका कलाकार सिन्हालाई यसै हप्ता प्रदान गरिने गुड् न्यूज एफ.एम.रेडियोले जनाएको छ ।