+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

रामनाथलाई एल्डर अभिषेक र प्रसस्त जीवन मण्डलीलाई समपर्ण

event
 
सुनिलराज लामा:
२६ वैशाख ०७३ । ललिपुरको कुसुन्ति स्थित नेपाल प्रसस्त जीवन सेवकाइ चर्चको यहि बैशाख उन्नाइस गते मण्डली समपर्ण कार्यक्रम सफलनापूर्वक एक समारोह विच सम्पन्न भएको छ । त्यसै गरी सोही कार्यक्रममा मण्डलीका सदस्य रामनाथ गौतम मण्डलीको एल्डरमा अभिषेक हुनु भएको हो । गौतमलाई कार्यक्रमका प्रमुख अतिथि वेश शालोम भैसेपाटी चर्च ललितपुरका पास्टर जोन पुनालुरले प्रार्थना गरी अभिषेक गर्नु भएको हो ।
 
पास्टर जोन पुनालुरले बचन बाड्ने क्रममा  मण्डलीका पास्टर अगुवाहरुलाई उत्साह दिदै भन्नु भयो “निस्वार्थ परिश्रमीलाई परमेश्वरले आशिष् दिनु हुन्छ । त्यसैले हामी अझै अघी बढौँ, हाम्रो दौड सकिएको छैन” । त्यसै गरि कार्यक्रममा मण्डलीको समपर्णको प्रार्थनाको अगुवाई पनि पुनालुरले गर्नुभयो । साथमा अरु मण्डलीका पास्टर अगरवाहरुले पनि प्रार्थनामा साथ दिनु भएको थियो । 
 
भूकम्प पश्चात यो मण्डलीको आराधना सेवा बिगत पाँच महिना देखि किस्ट ल्यान्ड स्कूलको कक्षा कोठामा संगती गर्दै आएको कुरा सोहि मण्डलीका क्षेत्रीले तुरहिलाई बताउनु भयो । तसर्थ मण्डली भवन निमार्ण गर्न आर्थिक पनि असम्भब तरीकाले नेपाल भीत्र वाट दुई र नेपाल बाहिर वाट दुई गरि जम्मा चार लाख जुटेको कुरा पास्टर क्षेत्रीले तुरहीलाई बताउनु भयो । 
 
मण्डली निर्माणमा सहयोग गर्नुहुने सम्पूणलाई धन्यबाद दिने क्रममा पा. सरोजले भन्नु भएको थियो । नेपाल प्रसस्त जीवन सेवकाई मण्डलीले दश बर्षको लागी जग्गा भाडामा लीएर एउटा टहरा बनाएको हो ।
एल्डर अभिषेक पछि रामलाल गौतमले आफुमा सेवकाईको बोझ थपीएको र त्यसलाई असल साथ पुरा गर्न आफु सँधै तत्पर रहेको तसर्थ आफ्नो देश भारतको उत्तर प्रदेशको गाउँ, टोलमा गएर सुसमाचार सुनाई प्रभुको काम गर्ने कुरा तुरहीलाई बताउनु भयो । समारोहको अन्त्यमा पा.जोन पुनालुरले “पहिला पहिला अरु देश बाट नेपालमा मिसनरीहरु आउँथे भने अबको केहि बर्षमा नेपाल बाट हजारौँ नेपाली मिसनरीहरु अरु देशमा जानेछन” भन्नुभयो । उक्त समारोह सवा तीन बजे बाट सरु भई साँझ साँढे पाँच बजे सम्पन्न भएको थियो ।
 
समारोहमा प्रस्तुत भएका नृत्य र जीवन गवाहीले उपस्थित दर्शकलाई आशिष्ति बनाएको थियो ।
नेपाल प्रसस्त जीवन मण्डलीको स्थापना ई.स. २००९ नोवेम्बरमा भएको हो । पा.सरोजले क्षेत्रीले भने “ म, मेरी श्रीमती, सानी छोरी र सालो मिलेर यो संगति थालेका थियौँ ।
मण्डली स्थापना भएको छ बर्षको दौरानमा हालसम्म जम्मा गरी हामी ५५ जना मण्डलीका सदस्य छन् । पास्टर क्षेत्रीका अनुसार यसको शाखा मण्डली भारतमा पनि छ ।