+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

पास्टर माया सुनुवारद्धारा राजधानीमा मण्डलीमा महिलाको भुमिका विषयक अन्तक्रिया

event
पास्टर माया सुनुवारद्धारा राजधानीमा मण्डलीमा महिलाको भुमिका विषयक अन्तक्रिया
२१ वैशाख ०७३, 
ललितपुर, लामो समयको इस्राएल वसाइपछि केही दिनको छुट्टि मनाउन नेपाल आउनु भएकी इस्राएल तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीकी पास्टर माया सुनुवार इस्राएलमा जत्तिकै नेपालमा पनि त्यतीकै व्यस्त देखिनु भयो । उहाँ केही दिन अघि नेपाल आएर राजधानीमा भएका केही महिला पास्टरअगुवाहरुलाई समेटी ‘मण्डली स्थापनामा महिलाहरुको भुमिका’ नामक एकदिने अन्तक्रिया सम्पन्न गर्नु भएको छ । 
कार्यक्रममा केही पुरुष पास्टरहरुको पनि सहभागीता रहेको थियो ।
 
व्यवस्थापिका सांसद तथा जन जागरण पार्टी नेपालका अध्यक्ष लोकमणी ढकालले परमेश्वरले पुरुष र स्त्रीलाई आफ््नै स्वरुपमा सष्टि गर्नु भयो तर उहाँले दुवैलाई समान अधिकार र जिम्मेवारी दिनु भयो तर आजका हाम्रा मण्डलीमा पुरुष र स्त्री भनेर भेदभाव गरिन्छ भने हामी अझैं ख्रीष्टियान भइ सकेका छैनौ भनेर टिप्पणी गर्नुभएको छ । 
सांसद ढकालले हिजो सोमबार ललिपतुरमा आयोजित नेपाली मण्डलीमा महिलाहरुको भुमिका नामक एक दिने अन्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
 
आफ्ना विचार राख्ने क्रममा संसद लोकमणी ढकालले आफू संविधान सभाको दोस्रो चुनावमा जन जागरण पार्टी नेपालको तर्फबाट अध्यक्षको पदमा उठ्दा आफूलाई त्यतीवेला केही रकम दिएर मेरो पार्टीको आवश्यक चाहिने खर्च इस्र्राएलबाट नेपाली चेली माया सुनुवार नै हो भनेर पास्टर माया सुनुवारको खुलेर प्रंशसा गर्नुभएको थियो ।
 
उहाँले इच्छा भए नेपाली मण्डलीमा महिलाहरु पनि पाष्टरीय सेवामा आउन कुनै कुराले नरोक्ने भन्दै महिलाहरु पनि पास्टरीय सेवामा आउन पुरुषहरु वाधक नभएका बताउनु भएको छ । 
उहाँले त्यस अवसरमा आफू जन जागरण पार्टीमा लागेर राजनीति गर्न खोजेको भन्दै नेपाली मण्डलीमा धेरै आलोचना भएको थियो भनी स्मरण गराउदै महिलाहरु पनि पास्टरीय सेवामा आउनलाई आलोचना भए पनि आफ्नो सेवामा लागि रहन आश्वस्त पार्नु भएको थियो ।
सांसद लोकमणी ढकालले महिलाहरु एकदम खुलेर पास्टरीय सेवा गर्न सक्छन् भन्दै महिलाहरुलाई प्रोत्साहन गर्नुभएको थियो ।
 
एस्राएलस्थित संयुक्त नेपाली मण्डलीकी पास्टर माया सुनुवारको संयोजकत्वमा ललितपुरको एक रेष्टिरेन्टमा आयोजित अन्तक्रियामा राजधानी काठमाडौंमा पास्टरीय सेवा गरीरहनु भएका केही महिला पास्टरहरुको सहभागीता रहेको थियो । 
 
आफ्ना विचार राख्ने क्रममा पास्टर हेमकुमारी सुब्बाले बाइबलले नर र नारीलाई समान अधिकार र जिम्मेवारी दिएको अवस्थामा हाम्रा मण्डलीका पुरुष पास्टरहरुलेचाहीँ महिलालाई मण्डलीको नेतृत्व तहमा ल्याउन रोकेको आरोप लगाउनु भएको थियो ।
 
पास्टर एली सिवाले वोझ, दर्शन र उद्देश्य राखेर महिलाहरु पास्टरीय सेवामा लाग्न सके हामी महिलाहरु पनि पास्टरीय सेवामा असल गर्न सक्छौ भन्नुभयो । 
गंगवु इसाई मण्डलीका पास्टर डि.के. तामाङले पास्टरीय सेवकाइमा पुरुष र स्त्री भन्दा पनि वोझ र दर्शन र वोलावटको कुराचाहीँ महत्वपूर्ण भएको भन्दै नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायधिस महिलाहरु हुन सक्नुहुन्छ भने हाम्रो मण्डलीको पास्टरमा किन महिलाहरु हुन सक्दैनन् भन्दै प्रतिप्रश्न गर्नु भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा पास्टर बिना खड्का, पास्टर अष्टमाया लामा र पास्टर कुमारी लामाले पनिे पास्टरीय सेवामा रहँदाको आआफ्ना अनुभव वाँड्नुभएको थियो । त्यसै गरि पास्टर माया सुनुवारले पुरुष तथा महिला भनेर प्रतिस्पर्धाको भावना त्यागेर भन्दा पनि पुरुष तथा महिला दुवैले विशुद्ध प्रभुको सेवामा लाग्नु हामी सवैको प्राथमिकताको विषय हो भन्ने कुरामा जोड् दिनुभएको थियो ।
कार्यक्रममा उल्लेख्यरुपमा महिलाहरुको सहभागीता रहेको थियो ।