News

event
 
कुमारसिंह बिस्ट। ७ वैशाख ०७५ । काठमाडौं । सभामुख कृष्णवहादुर महराले धर्मको नाममा राज्यले कसैलाई पनि विभेद गर्न नहुने बताउँनु भएको छ । आज शुक्रबार(७ वैशाख) नेपाल ख्रीष्टिय समाज (एनसिएस नेपाल) का उपाध्यक्ष कुवेर गुरुङ्गको नेतृत्वमा समाजका पदाधीकारीहरुको तर्फबाट ध्यानाकर्षण पत्र वुझ्नेक्रममा सभामुख महराले सो कुरा बताउँनु भएको हो । 
 
सभामुख महराले राज्यले धर्मको नाममा कसैलाई पनि विभेद गर्नु हुँदैन भन्दै एनसिएस नेपालको पदाधीकारीहरुलाई आस्वस्त पार्दै धर्म निरपेक्ष पक्षधर र धर्म सापेक्ष पक्षधरका नेता तथा सांसदहरुलाई भेटी यस वारेमा वृहत छलफल र वहस गर्न सुझाउँनु भयो । एनसिएस नेपालको तर्फबाट उपाध्यक्ष गुरुङ्गले सभामुख महरालाई ध्यानाकषर्ण पत्र हस्तान्तरण गर्नु भयो । त्यहीक्रममा विपि खनालले पनि सभामुखलाई फौजदारी ऐन २०७४ का सम्वन्धमा अल्ख संख्यक धार्मिक समुदायलाई पर्न सक्ने असरका वारेमा जानकारी गराउँनु भयो ।
 
भेटकाक्रममा सभामुखले आफू ख्रीष्टियन नभएपनि नेपालमा धर्म निरपेक्ष ल्याउँनलाई पार्टीमा आफ्नो उल्लेख्य योगदान भएको स्मरण गराउँनु भयो । सभामुख महराले एनसिएसको तर्फबाट प्राप्त भएको ध्यानाकर्षण पत्रलाई नेपाल सरकार समक्ष पु¥याउँने समाजसँग प्रतिवद्धता समेत जनाउँनु भयो ।
पछिल्लो समय नेपालका ख्रीष्टियन तथा धर्म प्रचारमा संलग्न भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह् सरकारी संस्थाहरुलाई नियमन गर्न भन्ने सार्वजनिक भएका अभिव्यक्ति र यस सम्वन्धमा वनेका र वन्न लागेका नियम–कानुनका विषयलाई लिएर एनसिएस नेपालले सभामुख महरालाई सिंहदरवारमा भेटी त्यस वारेमा आफ्नो धारणा प्रष्ट राख्दै ध्यानाकषर्ण गराएको हो । 
यही समूहले हिजो वैशाख ६ गते साँझ गृह मन्त्री रामवहादुर थापा बादललाई पनि भेटी समाजको तर्फबाट ध्यानाकर्षण गराएको छ । 
 
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृह मन्त्री रामबहादुर थापा बादलले ख्रीष्टियनहरुलाई लक्षित गर्दै विभिन्न अभिव्यक्ति दिइरहँदा समामुख महराको यो अभिव्यक्तिले नेपाली इसाईहरुले केही समय भएपनि राहत महशुस गर्ने हुन की भन्ने आस गर्न सकिन्छ ।