+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

डा.भट्टराईले भने-'आस्था विपरीत राज्यले विभेद गरे अधिकारको पक्षमा उभिनेछु'

event
 
 
ललितपुर ।  २० चैत्र ०७४ । डिसीएमआई नेपाल र राजधानीका चर्चहरुको आयोजनामा जाउलाखेल सेन्ट जेभियर्सस्थित खेल मैदानमा करिव सात हजार वढि मानिसहरुको सहभागीतामा आज दुई दिने काठमाडौं इस्टर फेस्टिवल उद्घाटन भएको छ । महोत्सव भोली मंगलबार सम्म चल्ने छ ।
एक भव्य समाराहबिच नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिप प्रज्वलन गरेर काठमाडौं इस्टर फेस्टिवलको उद्घाटन गर्नुभयो । उहाँले महोत्सव उद्घाटनकोक्रममा ख्रीष्टियनको आस्था विपरित राज्यले विभेद गरे त्यसको अधिकारको पक्षमा आफू अग्रपंक्तिमा उभिने ख्रीष्टियन समुदायसँग प्रतिवद्धता जनाउँनु भएको छ ।
उहाँले त्यस अवसरमा डा. भट्टराईले भन्नुभयो नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले निश्चिन्त ढंगले आफ्नो आस्था र विश्वासमा रहेर आफेनो धर्म अनुसारको अभ्यास गर्नुहोस् भन्नुभयो । उहाँले धर्म निरपेक्ष भएको देशमा सवै धर्मलाई राज्यले समान व्यवहार गर्नुपर्ने कुरामा जोड दिदैं भन्नुभयो देशको संविधानमा उल्लेख भएको कानुनमा पनि कुनै विभेद नभएकोले आफ्नो धर्मको आस्था अनुसार धर्मको अभ्यास गर्न निश्चिन्त हुन इसाई धर्मावलम्वीहरुलाई आग्रह समेत गर्नुभयो ।
 
उहाँले धर्म भनेको जीवन जीउने तरिका हो, भन्दै सवै धर्मको आआफ्नो आस्था र विश्वास हुने भएकोले राज्यले सवै धर्मलाई समान व्यवाहार गर्नु पर्ने बताउनु भयो । उहाँले सवैलाई आआफ्नो धर्म मान्ने अधिकार देशको संविधानले प्रत्याभुत गरेकोले ख्रीष्टियन समुदायलाई ढुक्क भएर आफ्नो आस्था अनुसार विश्वासमा लाग्न र अभ्यास गर्न आग्रह गर्नुभयो ।
उहाँले इस्टरको अवसरमा देश तथा विदेशमा भएका नेपालीहरुलाई शुभकामना पनि दिनुभयो । काठमाडौं इस्टर फेस्टिवलका प्रमुख वक्ता डा. डेविट चाङ हुनुहुन्छ । उहाँले आज पहिलो दिन देश नेपाललाई सम्मुनत वनाउँनु पर्छ भन्ने कुरामा अर्थपूर्ण वचन प्रचार गर्नुभयो । महोत्सवका प्रमुख वक्ता डा. चाङले भोली मंगलबार सवै मानिसहरु आआफ््नो एक गैह् इसाईलाई साथमा लिएर कार्यक्रम स्थलमा आउन आग्रह गर्नुभयो ।आयोजकले भोली दस हजारवढि सहभागी हुने आशा लिएको छ । पहिलो दिनको  काठमाडौ इस्टर महोत्सवलाई आत्मिक सेवा संगति नेपालका अध्यक्ष तथा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रेभ ईशुजंग कार्कीले कुशलतासाथ संचालन गर्नुभएको थियो ।
 
 
महोत्सवमा काइरोस, साल्भेसन र अमेरिकाबाट आएको एक सांगितीक वैंण्डले आआफ्ना गीतहरु प्रस्तुत गरेका थिए । महोत्सव भोली मंगलबार अपराह्न १ बजे महोत्सव शुरु भएरु साँझ ६ बजे समापन हुने आयोजक समितिका संयोजकमध्येका एक पास्टर पूर्ण विष्टले तुरहीलाई जानकारी गराउनु भयो ।
आयोजकले भोली दस हजारवढि सहभागी हुने आशा लिएको छ ।