+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

आशाको सन्देश नेपालको दशौं वार्षिकोत्सव सम्पन्न

event
गुड न्यूज । २८ वैशाख । ललितपुर । आशाको सन्देश नेपाल नामक गैर सरकारी संस्था स्थनापनाको दस वर्षगाँठको अवसरमा दशौं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । यसै वुधबार ललितपुरस्थित क्वाइनोनिया ख्रीष्टिय मण्डली कुमारीपाटीमा एक भव्य समारोहको आयोजना गरि आशाको सन्देश नेपाललले आफ्नो दशौं वार्षिकोत्सव हर्षोल्लासले मनाएको हो ।
समारोहमा दिप प्रज्वलन गरेर आशाको सन्देश नेपालका अध्यक्ष पास्टर डा. सिमोन पाण्डे र यूनाइटेड ख्रीष्टियान वोर्डकास्टर्स अस्टे्रलियाका अन्तराष्ट्रिय प्रतिनिधिले दशौं वार्षिकोत्सव समारोहको सामूहिकरुपमा उदघाट्न गर्नुभयो । कार्यक्रममा अध्यक्ष डा.पाण्डेले आशाको सन्देश नेपाल दसवर्ष अघि विधिवतरुपमा स्थापना भइ रेडियो नेपालबाट आशाको सन्देश रेडियो कार्यक्रम पहिलो पटक प्रसारण भएको स्मरण गराउनु भयो ।
कार्यक्रममा पास्टर डा.मंगलमान महर्जनले विश्वास सुनाइबाट आउँछ भन्दै आशाको सन्देश नेपालले मिडियाबाट धेरैलाई सुसमाचार सुनाउने काम गरेकोमा वधाइ समेत दिनुभयो । त्यसैगरि पास्टर विजय कर्माचार्यले वचन वाँड्नेक्रममा मिडियाको सेवकाइ रहर नभइ वोलावटककोरुपमा वुझेर मिडिया सेवकाइ गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले त्यसक्रममा मिडियाद्धारा पनि देशमा ठूलो सुसमाचारको काम गर्न सकिन्छ भन्नुभयो । वचन प्रचारकाक्रममा उहाँले आज भन्दा पाँच वर्ष पहिले नेपालमा कुनैपनि मिडियाद्धारा सुसमाचारको काम नभएको अवस्थामा अहिले नेपालमा मिडिया मिनिष्ट्रिहरुको विकास भएको जिकिर गर्नुभयो । 
तर सुसमाचारको क्षेत्रमा विगत दशवर्षदेखि गुड न्यूज एफएम रेडियोले र नारायण शर्माद्धारा प्रस्तुत रेडियो कार्यक्रम आत्मिक यात्रा दशकौदेखि रेडियो नेपाल लगायत देशका विभिन्न रेडियो एफएम स्टेशनवाट प्रसारण भएर नेपालमा सुसमाचारको सेवा पु¥याउँदै आइरहेको पास्टर कर्माचार्यलाई अवगत नभएको उहाँको त्यो अभिव्यक्तिबाट प्रस्ट हुन्थ्यो ।
आशाको सन्देश नेपाल विशुद्ध मिडिया सेवकाइ हो । कार्यक्रममा अध्यक्ष डा. पाण्डेले आशाको सन्देश नेपालले हालसम्म देशभरमा दुईवटा एफएम रेडियो संचालन गरिरहेको बताउनु भयो । उहाँले काभ्रेमा गे्रस एफ.एम. र वुटवलमा छिमेकी एफ.एम.संचालन गर्दै आएको बताउनु भयो । त्यसैगरि वास्तविकता नामक टेलिभिजन कार्यक्रम, आजको संन्देश नामक दैनिक उपासना, आशाको सन्देश नामक रेडियो कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउनु भयो । स्मरण रहोस् डा.पाण्डेद्धारा उदघोषण गरिने आशाको सन्देश रेडियो कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुने एक इसाई लोकप्रिय कार्यक्रम हो ।
कार्यक्रममा आशाको सन्देश नेपाललका सहयोगी दाताहरुलाई पनि मायाको चिनो प्रदान गरियो भने आशाको सन्देश नेपाल कार्य समिति सदस्यहरुलाई पनि प्रशंसा पत्र वितरण गरियो । त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि सांसद लोकमणी ढकालले स्थापनाको दसवर्षको अवसरमा आशाको सन्देश नेपाललाई वधाई दिनुभयो ।
राजेश राई, अन्जु पन्त र कर्ण दासले मिठा गीतहरु प्रस्तुत गर्नुभयो । एनसिएस नेपालका महासचिव डिल्लिराम पौडेल, राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका सचिव पास्टर उदयराम भाट लगायतकाहरुले आशाको सन्देश नेपाल स्थापनाको दसवर्ष पुगेको अवसरमा शुभकामा तथा वधाई दिनुभयो ।
समारोहमा पास्टर इन्द्र थापाले अन्तिमको प्रार्थना गर्नुभयो भने केशव लुइटेलले आमन्त्रित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । डा. सिमोन पाण्डे नेपाली इसाई समदायका निकै आदरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँको अध्यक्षतामा दशौं वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा राजधानीका विभिन्न चर्चका पास्टरअगुवाहरु र मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
तस्बिरहरुः सुनिलराज लामा