+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

मण्डलीको सुरक्षा माग्दै संयुक्त नेपाली मण्डली इजरायलबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

event
तुरही न्युज । २१ वैशाख । काठमाडौं । पछिल्लो समय अज्ञात समूहद्धारा राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका कार्यालय सचिवमाथिको गोली प्रहार र त्यसै गरि अज्ञात समूहद्धारा ललितपुर धोवीघाटस्थित द असम्सन् चर्चमा भएको आगजनीले भएको क्षतीको कारण देखाउँदै संयुक्त नेपाली मण्डली तेलअविव, इजरायलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्रमार्फत नेपाली मण्डलीको सुरक्षाको निम्ति ध्यानाकषर्ण गरेको छ ।
इजरायल तेलअविवस्थित संयुक्त नेपाली मण्डलीकी अध्यक्ष तथा पास्टर माया सुनुवार र मण्डलीका महासचिव सुन्दर नेपालद्धारा हस्ताक्षरित ज्ञापन पत्र इजरायलस्थित इजरायलका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेललाई हिजो प्रदान गरिएको छ । ज्ञापन पत्र वुझाउन मण्डलीकी पास्टर माया सुनुवार र महासचिव सुन्दर नेपाल लगायतकाहरु राजदूतावास पुग्नु भएको थियो । उक्त ज्ञापन पत्र नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पु¥याइदिन संयुक्त नेपाली मण्डलीले दूतावासलाई पत्राचार गरेको छ ।
संयुक्त नेपाली मण्डली इजरायलबाट तुरही न्युजलाई इमेलमार्फत प्राप्त उक्त पत्रमा वैशाख ३ गते अज्ञात समूहद्धारा ख्रीष्टियान महासंघका कार्यालय सचिव खड्कामाथिको गोली प्रहार र त्यसको दुई दिन पछि असम्सन् चर्चमा भएको चर्चमाथिको आगजनी लोकतन्त्र र धर्म निरपेक्षताको उपहास भएको भन्दै नेपाल सरकारबाट घटनाको यथाशिघ्र छानविन भई दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उल्लेख छ । ज्ञापन पत्रमा नेपालको संविधानले नागरिकलाई धार्मिक स्वतन्त्रताको ग्यारेण्डी गरेको हुनाले आम नागरिकले सवतन्त्रपूर्वक आफूले चाहेको धर्म अंगाल्न र अभ्यास गर्न पाउँनु पर्ने जस्ता आधारभुत मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात गर्दै नेपालका मण्डलीहरुको सुरक्षाको लागि नेपाल सरकारसँग अपिल गरेको छ ।
पत्रमा चर्चमाथि आक्रमण गरेर हालसम्म देशमा विद्यमान धार्मिक सद्भाव खलवलिने प्रकृतीका खटनाहरु घटन र घटाउन नदिन सम्वन्धीत पक्षलाई अनुरोध गरीएकोे छ । स्मरण रहोस् संयुक्त नेपाली मण्डली इजरायलमा स्थापना भएको पहिलो नेपाली मण्डली हो । 
ज्ञापन पत्रको पूरा रुप याहाँ तलको लिंकमा पढुनुहोस् । http://www.turahi.com