+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

सिन्धुलीमा अज्ञात समूहद्धारा पास्टर यूवक राई मरणासन्न कुटिए

event
कुमारसिंह विष्ट । १४ वैशाख ०७४ । काठमाडौं । सिन्धुलीस्थित नव जीवन चर्च महेन्द्रघारीका पास्टर यूवक राई परणासन्न पिटिएका छन् । यही मंगलबार राती सदरमुकाम सिन्धुलीमाढिबाट इसाई समाजको वैंठक सकेर अफ्नो घर फर्कनेक्रममा पास्टर राईलाई तीन जनाको एक अज्ञात समूहले मरणासन्न पिटेका छन् ।
मंगलबार राती साढे नौं बजे सिन्धुलीमाढीबाट ज४ प ९५०८ नम्बरको मोटरसाइकलमा घर फर्कनेक्रममा बोटीनी खोला नजिकै तीन जनाको एक समूहले अचानक वाटो छेकी सम्धीलाई चिने जस्तो लाग्छ भनी मरणसान्न पिटेका थिए । घाइते पास्टरका अनुसार उहाँको मोटरसाइकलको पछाडीको सिटमा पास्टर ओम ठाडा मगर पनि हुनुहुन्थ्यो । पास्टर राईलाई मरणसन्न पिट्न थालेपछि पास्टर मगर पनि जंगल फरार भएर आफू वाँच्न सफल भएको बताइएको छ ।
घाइते पास्टर राईलाई काठमाडौंको वीर अस्पतालमा उपचार भइ रहेको छ । उनको टाउँको, अनुहार र दुवै आँखामा गम्भीर चोट लागेको छ । उनको उपचारमा संलग्न वीर अस्पतालका डा.अमृत आचार्यका अनुसार पास्टर राईको अवस्था चिन्तामुक्त रहेको छ यद्दपी एक्स रे को रिपोर्ट भने आउन वाँकी छ । 
घाइते पास्टर राई यो समाचार तयार पार्दासम्म सामान्य अवस्थामा आउन सक्नु भएको छैन् । उहाँलाई हिड्न र वोल्न समेत अप्ठयारो भइरहेको उहाँकी  पत्नीले बताउनु भएको छ । पास्टर राईले आफूमाथि विना कारण आक्रमण भएको बताए ।उहाँले धार्मिक आस्थाका कारण आफूमाथि आक्रमण नभएको स्वीकार्नु भएको छ । 
गुडन्युज एफएम रेडियोसँगको आज विहीबार उहाँले उपचारको लागि आफूसँग प्रयाप्त रकम नभएकोले दुखको समयमा आर्थिक सहयोग गरिदिन हुन् विश्वभरमा रहेका नेपाली इसाई दाजुभाइ र मण्डलीलाई अपिल गर्नुभएको छ । उहाँ हाल उपचारको लागि वीर अस्पतालमा फ्लो अपमा हुनुहुन्छ । काठमाडौंको धापासीमा आफन्तको कोठामा वहिनी, श्रीमती र आफन्तसँग वसिरहनु भएको छ।
सिन्धुली इसाई एकता समाजका अध्यक्ष पास्टर रुपेस तामाङलाई टेलिफोन गरि घटनाबारे वुझदा पास्टर राईमाथिको आक्रमण संभवतः धार्मिक आस्थाका कारण नभई अन्य कारण हुनुपर्ने बताउनु भएको छ । उहाँले पास्टर राईमाथि अज्ञात समूहले गरेको आक्रमणमाथि हामी इसाई समाज स्तब्ध भएका छौ भन्नुभयो । उहाँले दोषीलाई प्रक्राउ गरि कारवाहीको दायरामा ल्याउने काम प्रहरीले गरिरहेको बताउनु भयो ।
उहाँ विगत एक दशकदेखि नव जीवन चर्चका पास्टरको रुपमा हुनुहुन्छ । उहाँ क्षेत्र नं.३ को इसाई एकता समाजको अध्यक्ष समेत हुनुहुन्छ । हेर्नुहोसे भिडियो घटनाको वास्तविकता जान्नलाई । 

                                                                                                           http://www.turahi.com