+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

ललितपुरको नमूना नाजरिन चर्चमा तोडफोड

event
कुमारसिंह विष्ट । ८ वैशाख ०७४ । ललितपुर । ललितपुरको धोवीघाटस्थित असम्सन् चर्चमा अज्ञात समूहद्धारा आगजनी घटनाको वास्तविकता पत्ता नलाग्दै ललितपुरको सुनाकोठीमा एक अर्को चर्चमा हिजोराती सामान्य तोडफोड भएको छ । ललितपुर उप–महानगरिपालिका वडा नं.२६, सुनाकोठीस्थित नमूना नाजरिन चर्च भवनमा तोडफोड भएको छ । श्रोतका अनुसार हिजो विहीबार राती करिव साढे आठ बजे चर्चसँगै घर भएका तिखमान राईले वन्चरोले प्रहार गर्दै नमूना नाजरिन चर्चको पश्चिमतिरको झयालमा तोडफोड गरि क्षती पु¥याएका छन् ।
नाजरिन चर्चका पास्टर शंकरदत्त भट्ट(सुशिल) का अनुसार हिजो राती साढे आठ बजे चर्चसँगै घर भएका भूतपूर्व नेपाली सैनिक तिखमान राईले मेरो घर नजिक किन चर्च वनाएको र नेपालको संविधानको कुन धारामा चर्च वनाउनु भनेको छ भन्दै चर्च भवनमा घरेलु हतियार (वन्चरो) ले हिर्काएर तोडफोड गरेका छन् । राईले वन्चरोले अन्धाधुन्ध हिर्काएपछि चर्चको पश्चिमतिरको झयालमा पूर्ण क्षती भएको वुझिएको छ भने संगै भएको पास्टर भट्टको घरको झयालको शिशामा पनि क्षती भएको छ । समाचार श्रोतका अनुसार राईले पास्टरलाई पनि गोली ठोकी दिन्छु, भनेपछि पास्टर भट्टले आफ्नो र चर्चको सुरक्षाको लागि प्रहरीमा निवेदन दर्ता गराएका छन् ।
चर्चमा तोडफोड भएको प्रहरीलाई तत्काल खवर गरेपछि हिजोराती साढे नौं बजे प्रहरी घटनास्थलमा पुगीं राईलाई पक्राउ गरि उनलाई थप अनुुसन्धानका लागि चापागाउँ प्रहरी वृतमा हिरासतमा राखिएको छ । पास्टर भट्टले तीन वर्ष यता सुनाकोठीमा जमिन भाडामा लिएर त्यसमा फलामको ट्रस्ट निमार्ण गरेर संगति संचालन गर्दै आएका छन् । 
राईले मदिरा सेवन गरेर चर्च भवनमा क्षती पु¥याएको हुन सक्ने आशंका प्रहरीले गरिएको छ । उनले आफूले मदिरा सेवन गरेर चर्च तोडफोड गरेर ठूलो गल्ती गरेको भन्दै प्रहरीसमक्ष क्षमा मागेको वुझिएको छ ।