+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

मानव अधिकारकारकर्मीहरुद्धारा घटनाको स्थलगत निरिक्षण

event
८ वैशाख ०७४ । ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघका नेपालका कार्यालय सचिव सन्तोष खड्कामाथि भएको गोलि प्रहार र चर्च अफ असम्पस् चर्चमा भएको आगजनी विषयमा वैशाख ७ (बिहिबार)राष्ट्रिय मानवअधिकार आयोगद्धारा खड्कासँग प्रत्यक्ष भेटघाट तथा असम्पसन चर्चको स्थलगत निरिक्षण गरेको छ । 
मानव अधिकार आयोगको तर्फबाट वरिष्ठ मानव अधिकारकर्मी तथा पूर्व सभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी चरण प्रसाई र कपिल श्रेष्ठको उपस्थित रहेको थियो भने राष्ट्रिय ख्रीष्टियन महासंघका तर्फबाट अध्यक्ष सि.वी गहतराज, उपमहासचिव तथा प्रवक्ता सागर वंैजु र महासचिव पदमनाथ पराजुली लगायतका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
बैशाख ३ गते आईतवार ईष्टरको दिन भएको गोलि काण्डको विषयमा मानव अधिकार आयोगका प्रतिनिधिहरूले प्रत्यक्ष खड्कासँग नै भेटेर घटनाको विषयमा विस्तृत जानकारि लिएका छन् भने त्यस पश्चात द चर्च अफ असम्पसन चर्चमा पुगेर स्थलगत निरिक्षण गरिएको थियो र त्यहाँ भएको वस्तु स्थितिको बारेमा ख्रीष्टियन महासंघका अध्यक्ष सि.वी गहतराजद्धारा उहाँहरुलाई जानकारी गराइएको थियो ।
मानव अधिकारकर्मी चरण प्रसाईका अनुसार असम्पसन चर्चमा लगाइएको आगो र खड्कामाथि गरिएको आक्रमण व्यक्तिगत नभई साम्प्रदायिक हिंसा भड्काउनको निम्ति सुनियोजित प्रकारले गरिएको आक्रमण भएको र यस्ता घटनाले समाजमा धार्मिक हिंसा, सहिष्णुतालाई भड्काउन सक्ने भएकाले यस घटनाको विषयमा नेपाल प्रहरी र नेपाल सरकारसँग निष्पक्ष छानबिनको लागि पहल गर्न र दोषिलाई कारवाहिको दायरामा ल्याउनको लागि अहंम भुमिका निर्वाह गर्न अपिल समेत गर्नुभएको छ ।