+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

अमेरिकामा नेपाली मिशनेरी आर.सी. भण्डारीको हत्या प्रयास

event
कुमारसिंह विष्ट । ०५ वैशाख ०७४, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यू योर्कस्थित ग्लोबल मिशन चर्चका नेपाली मिशनेरी पास्टर शिल्भानस (आर.सी.) भण्डारी माथि एक अज्ञात व्यक्तिले काठले अन्धाधुन्ध हिर्काएर हत्याको प्रयास गरेका छन् । काठको चिरपटले भण्डारीलाई साँझ करिव सात बजे चर्च नजिकै वाटोमा अन्धाधुन्ध हिर्काउँदा अनुहार र आँखामा गम्भीर चोट लागेको छ ।
यस वर्षको ईस्टर तथा नयाँ वर्ष २०७४ सँगै राजधानीमा राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका कार्यलय सचिव  सन्तोष खड्कामाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको र आज मगलबार विहानै ललितपुरका अजम्सन् चर्च हातामा अज्ञात समूहले आगजनी गरेको समाचारले नेपाली इसाई समुदाय दुखित भएको खबर सेलाउन नपाउँदै अमेरिकामा केही वर्षदेखि नेपालीहरुको विचमा पास्टरीय सेवकाइ गर्दै आउनु भएका आर.सी.भण्डारीमाथि एक अज्ञात व्यक्तिले हत्या प्रयास गरेका छन् । 
भिडियो फुटेजः पीडित भण्डारीबाट तुरही न्युजलाई प्राप्त भएको छ ।
 
यस वर्षको ईस्टर तथा पुनरुत्थान दिवस नजिकै आउँदै गरेको हुनाले हामी मण्डलीका सम्पूर्ण सदस्यहरु ईस्टर मनाउने तयारीमा निकै खुशी भइरहेका थियौ । ईस्टरको दिन कहिले आउँला भनेर मेरो मन निकै खुशीले गदगद भइरहेको थियो । किनकि यही शुक्रबार चर्चका सम्पूर्ण सदस्यहरुले यस वर्षको ईस्टर वडा आशिष्मय प्रकारले मनाउनु पर्छ भनेर सम्पूर्ण तयारी पूरा भइसकेको थियो ।
हामी यो वर्षको गुड फ्राइडेको प्रतिक्षामा थियौ । तयारी पूरा भएर मण्डली परिवार सवै मिलेर हर्षोल्लासमयले गुड फ्राइडे मनायौ । गुड् फ्राइडे कार्यक्रम मण्डलीमा निकै आशिष्मय प्रकारले सम्पन्न भयो । यसपाली फरक प्रकारले गुड् फ्राइडे मनाउँ भनेर मण्डलीका सम्पूर्ण सदस्यहरुलाई गुड फ्राइडे मनाउँन भेला भयौ, काठको क्रस बनाएर हरेकले स्टिकी पेपरमा आआफ्ना कुराहरु त्यसमा टास्यौ अनि एकसाथ सामूहिकरुपमा प्रार्थना गर्यौं  । यसरी त्यस दिनको गुड् फ्राइडे कार्यक्रम रमाइलो प्रकारले प्रार्थना गरेर सम्पन्न भयो । 
 
चर्चका सम्पूर्ण सदस्यहरु आइतबार ईस्टर सण्डेका दिन पुनः चर्चमा भेट्ने भनि आआफ्नो घर फर्कियौ । हामी सवै आइतबारको प्रतिक्षा गरिरहेका थियौ ईस्टरको लागि । त्यस दिन मण्डलीका सदस्यहरु सवैजना आआफ्नो घर जानुभयो । 
शनिबारको दिन साँझ म एक्लै पुनः चर्च भवनमा फर्किए । चर्चमा काठको क्रसमा गुड् फ्राइडेका दिन चर्चका सदस्यहरुकले लेखेर राखेको टासिएको स्टिीकी पेपरसहित त्यो काठको क्रस घरमा लिनु प¥यो भनेर म त्यो काठको क्रस वोकेर म आफ्नो वासस्थान तर्फ लाग्दै थिए । चर्चबाट करिव २० मिटर पर पुगीसकेपछि अचानक एकजना अपरिचीत व्यक्तिले मैले वोकेको क्रसलाई खोसेर आफ्नो मातृ भाषामा गाली गर्न थाले । मैले केही आपत्ति जनाइन ।  मसँग भएको काठको चिरपट किन उनले खोसेर लगे होलान भनेर जान्न खोजे । अनी म आफ्नै वाटोतिर लाग्दैथिए । म त्यो मानिसभन्दा करिव २० मिटर टाढा गइ सकेको थिए, ममाथि यो मान्छेले मिस विहेब ग¥यो भनेर मैले मेरो गोजीबाट हतारहतार मोबाइल निकालेर उसको तस्बिर कैंद गर्न थाले । अनी अचानक त्यही वेलामा त्यो व्यक्तिले त्यही काठको चिरपटले मलाई मरणासन्न हिर्कायो । म त्यही ढले । त्यहाँ वरीपरि धेरै मनिसहरु हिडिरहेका थिए तर कसैले मलाई वचाउन खोजेनन् । किनकि उनले ममाथि एकोहोरो प्रहार गरिरहेका थिए । त्यो मानिसले ममाथि एकोहोरो प्रहार गरेको ग¥यै ग¥यो । मैले वेहोसीमा कसैले प्रहरीलाई खवर गरिदिनुहोस् भनेर गोहार मागे । त्यही वेलामा एक महिलाले प्रहरीलाई कल गरेपछि एकछिनमा प्रहरीको भ्यानमा मलाई राखेर अस्पताल पु¥याइयो । 
अस्पतालको एक दिनको उपचारपछि म अहिले घर फर्कि सकेको छु । मेरो वाँया आँखामा र अनुहारको हड्डी, नाकको हड्डी भाचिएको छ । तर प्रभुको अनुग्रह भएर म त्यस दिन वाँच्न सफल भएको हुँ । मैले त्यस दिन नयाँ जीवन पाएको अनुभुती गरको हुँ । मलाई प्रहार गर्ने मानिस अमेरिकन मुलका नागरिक हुन उनको नाउँ रे हो । उनले मलाई किन त्यसरी मरणसान्न प्रहार गरे अहिलेसम्म पनि कारण पत्ता लाग्न सकेको छैन् । तर उनलाई हाल प्रहरीले आफ्नो नियन्त्रणमा लिइ सकेको छ । 
देश विदेशबाट मेरो शिघ्र स्वास्थय लाभको लागि प्रार्थना गरिदिुनभएको लागि सवैलाई धन्यवाद ।
(पीडित पास्टर आरसी भण्डारीसँग तुरही न्युजका लागि कुमारसिंह विष्टले टेलिफोन सम्पर्क बाट गरेको  कुराकानीमा आधारीत )
पास्टर भण्डारी अमेरिकामा नेपाली मिशनेरीको रुपमा विगत केही वर्षदेखि सेवा गर्दै आउनु भएको छ ।