+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

अज्ञात समूहद्धारा ललितपुरको असम्पसन चर्चमा आगजनी

event
तुरही न्युज । ०५ वैशाख ०७४ । ललितपुर । ईस्टरका दिन राष्ट्रिय ख्रीष्टियान महासंका कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहद्धारा गोली प्रहार भएको घटना सेलाउन नपाउँदै आज विहान करिव सवा तीन बजे ललितपुरस्थित असम्पसन चर्च परिसरमा पार्किङ गरिएर राखिएको एउटा मोटर र दई वटा मोटरसाइकलमा एक अज्ञात समूहले आगजनि गरि पूर्ण क्षती गरेको छ । आगजनीले फादरको वासस्थान र असम्पसन चर्चको पश्चिमतिरको ढोकामा आशिंकरुपमा क्षती भएको छ ।
असम्पसन चर्चका सदस्य तथा पूर्व मिडिया संयोजक चिरेन्द्र सत्यालका अनुसार चर्चको हाताभित्र फादरको निवासमा पार्किङ गरिएर राखिएका एउटा मोटर (बा.९च.२९२४) को सुमो भ्यान र दुई वटा मोटरसाइकल राति ३ बजे अज्ञात समूह आई आगजनी गरेका छन् ।श्रोतका अनुसार चर्चको हाताभित्र फादर इग्नेसियस राई र फादर  वेन्जामिन मराण्डी वस्दै आउनु भएको छ । आगजनीले नष्ट भएका एक मोटर र दई मोटरसाइकल यी फादरहरुका हुन् ।
असम्पसन चर्चका अनुसार घटना कसले र किन घटाइयो भन्ने यकिन हुन सकेको छैन् घटना वारे जिल्ला प्रहरी प्रभाग ललितपुर अनुसन्धानमा रहेको चर्चले जनाएको छ ।
राष्ट्रिय ख्रीष्टियान महासंघका अध्यक्ष सि.वि.गहतराजले एजम्सन चर्चको हातामा गएर फादरहरुका मोटरमाथि आगजनि गर्नु ख्रीष्टियान विरोधी सुनियोजित घटना भएको दावी गर्नुभएको छ ।उहाँले घटनाको यशाशिघ्र छानविन भई घटनको वास्तविकता वाहिर आउनु पर्ने बताउनु भयोे । अध्यक्ष गरहतराजले यस विषयमा आज अपराह्न २ बजे राजधानीको वेथशालोम पुतलीसडक चर्चमा उपत्यका भएका सम्पूर्ण पास्टरअगुवाहरुको विशेष भेला वोलाएकोले भेला भइदिन हुन सम्पूर्ण पास्टरअगुावहरुलाई आव्हान समेन गर्नुभएको छ ।
आगजनी भएको करिव १५ मिनेटमा दमकल आई आगो निभाएको जनाइएको छ । आगोले फादरहरु वस्ने घरदेखि संगति गर्ने भवनमा समेत आशिंक क्षती हुन पुगेको छ । स्मरण रहोस् ललितपुरको धोवीघाटस्थित नेपाल क्याथोलिक चर्चले संचालन गरेको असम्पसन चर्चमा केही वर्ष अघि शानिबारका दिन आराधनामा बम पडकिदा चर्चको केही सदस्यहरको मृत्यु भएको थियो । त्यसैगरि आज अपराह्न असम्पसन चर्चले एक पे्रस विज्ञप्ती प्रकाशन गर्दै यस घटना वारेमा सवैको ध्यानाकर्षण गराएको छ । हेर्नुहोस् प्रेस विज्ञप्ती जस्ताको तस्तै ।तस्बिरः तुरही न्युज 
त्यसैगरि आज अपराह्न असम्पसन चर्चले एक पे्रस विज्ञप्ती प्रकाशन गर्दै सवैको ध्यानाकर्षण गराएको छ । हेर्नुहोस् प्रेस विज्ञप्ती जस्ताको तस्तै ।