+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

दशौ हजारको उपस्थितिमा यस वर्षको पुनरुत्थान महोत्सव सकियो

event
सुनिलराज/कुमारसिंह/निराजन मोक्तान । काठमाडौं । ०३ वैशाख ०७४ । सधैंजसो राजनीतिक दलका नेता र कार्यकर्ताहरुले कोलाहलल हुने रत्नापार्कको खुल्लामंच यस वर्ष वैशाख ३ गते आइतबार ख्रीष्टियान धर्मावलम्वीहरुको पुनरुत्थान महोत्सवको येशूको महिमामयले भरियो । 
 
रत्नपार्कस्थित खुल्लामंचमा उपत्याकामा भएका दशौं हजार ख्रीष्टियान धर्मावलम्वीहरुको वाक्लो उपस्थितिमा यस वर्षको इस्टर महोत्सव हर्षोल्लासले सकिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्याकाव्यापी पुनरुत्थान महोत्सव २०१७ आयोजक समितिले राजधानीका सयौं चर्चहरुको सहभागीतामा यस वर्षको पुनरुत्थान महोत्सव आशिष्मय प्रकारले सकिएको जानकारी गराएको छ ।
 
पुनरुत्थान महोत्सवमा आइतबार विहानै सात बजे राजधानीका विभिन्न सात वटा मुख्यमुख्य चोकबाट आआफ्नो मण्डलीको ब्यानरसहित येशू पुनरुत्थानका सम्वन्धी लेखिएका प्ले कार्डसहित राजधानीका अधिकांश चर्चहरुबाट इसाईहरु शान्ति पद यात्राका लागि सहभागी भएका थिए । आइतबार पुनरुत्थान महोत्सवमा विहान सातबजेदेखि राजधानीका सडक र गल्लीहरु शान्ति पदयात्राले राजधानी पूरै पुनरुत्थानमय बनेको थियो । 
पुनरुत्थान दिवसका दिन विहानै पाँचबजेदेखि राजधानीका अधिकांश चर्चका सदस्यहरु आआफनो चर्चमा गई प्रार्थना कार्यक्रमममा सहभागी भएर विहान सात बजे आआफ्नो चर्चको ब्यानर र हातहातमा प्ले कार्डसहित शान्ति पद यात्रामा सहभागी हुन आइ सकेका थिए ।
 
विहान सात बजे राजधानीका विभिन्न मुख्य चोकबाट निस्किएको प्रार्थना शान्ति पद यात्रा ¥याली विहान पौने नौं बजे रत्नपार्कस्थित खुल्लामंचामा पुगेर सामूहिक पुनरुत्थान महोत्सवमा परिणत भएको थियो । खुल्लामंचमा पास्टर शामूएल कार्थकको अगुवाईमा नेपाली ख्रीष्टियान भजन गीत संगित समूहले येशू बौरी उठाइका गीतहरु गाएर यस वर्षको पुनरुत्थान महोत्सवलाई संचालन गरिएको थियो ।
महोत्सवमा रेभ प्रकाश सुब्बाले येशूको पुनरुत्थान सम्वन्धी वचन प्रचार गुर्नभयो । उहाँले यस अवसरमा ख्रीष्ट येशूको पुनरुत्थान सारा संसारको परिवर्तनको शुरुवात हो अब यो परिवर्तन सारा संसारभरमा फैलाउनु पर्छ भन्नुभयो । उहाँले येशू आज हाम्रो माझमा हुनुहुन्छ आज तपाईको जीवनमा कसले वाँस गर्दैछ भनेर चूनौती दिनुभयो ।
 
रेभ सुब्बाले वचन प्रचारकाक्रममा नेपाली मण्डलीहरु एकतामा आउनु पर्ने कुराको संकेत गर्नुभएको थियो । उहाँले हामी नेपाली मण्डलीहरु एकतमा भएर, विवादीत भएर होएन, फुटेर होइन तर एक भएर जुटेर मिलेर सुसमाचारको काममा एक भएर यो संसारलाई आज येशू पुनरुत्थानको संदेश दिऔं भन्नुभयो ।
खचाखच भरिएको खुल्लामंचको प्रागंणको पुनरुत्थान महोत्सवलाई पास्टर राजेन्द्र मल्लले कुशलतासाथ संचालन गर्नुभएको थियो भने डिल्लीराम पौडयालले देशका राजनीतिकि दलका नेताहरु, राष्ट्रप्रमुख तथा राष्ट्रका विशिष्ट व्यक्तिहरुको लागि, देशमा कानुनी राज्यको लागि र शान्तिपूर्वक स्थानिय चुनाव सम्पन्न होस् भनेर प्रार्थनामा अगुवाइ गर्नुभएको थियो ।
 
महोत्सव पास्टर देवकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सवको कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम थियो भने दोस्रो चरणमा आनौपचारिक सांगितीक कार्यक्रम रहेको थियो । पहिलो चरणको कार्यक्रमलाई पास्टर राजेन्द्र मल्लले र दोस्रो चरणको कार्यक्रमलाई पास्टर ज्योतीकुमार सुनुवारले कुशलतासाथ संचालन गुर्नभएको थियो । पुनरुत्थान महोत्सवमा दश हजार वढि ख्रीष्टियान धर्मावलम्वीहरुको सहभागीता भएको थियो । महोत्सवमा येशू जीवित हुनुहुन्छ, उहाँ मृत्युबाट उठाइनु भएको छ...जस्ता अर्थ दिने खालका भजन गीतहरु गाएर, वचन सुनेर खुल्लामंच येशूको महिमामयले भरिएको थियो ।