+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

महासंघका अध्यक्ष गहतराजले भने, 'केही मिडियाले उल्टै पीडितलाई पीडा दिन खालको रिर्पोटिङ गरे' - See more at:

event
सुनिलराज लामा । ६ वैशाख ०७४ । राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजले गत आइतबार ईस्टरका दिन आइतबार अज्ञात व्यक्तिले महासंघका सचिव सन्तोष खड्कामाथि गरेको गोली प्रहारको घटनालाई लिएर कही नेपाली मिडियाले घटनालाई ‘मेनुपुलेट’ गरेर उल्टै पीडितलाई पीडा दिने खालो रिपोर्टिङ गरेको आरोप लगाउनु भएको छ ।
 
यसै साता ललितपुरमा सन्तोष खड्कामाथि गोली प्रहार र धोवीघाटस्थित असम्सन् चर्चमा भएको आगजनीको घटनालाई लिएर राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त घटना सम्वन्धमा मिडियालाई जानकारी गराएको हो । उहाँले हाम्रा मानिसमाथि गोली प्रहार भएको छ, मिडियाले घटनाको वास्तविकतालाई वुझेर समाचार सम्प्रेसण गर्नु पर्नेमा उल्टै नेपाली मिडियामा महासंघले गोली प्रहारको घटना किन ढिलो गरि प्रहरीलाई जानकारी गरायो भन्ने अपमानजनक टिप्पणी गरेको भन्दै उल्टै पीडितलाई झन पीडा दिने दोष लगाएको भन्दै दुखी भएको बताउनु भएको छ ।
 
पत्रकार सम्मेलनमा वोल्दै महासंघका अध्यक्ष सि.वि.गहतराजले पछिल्लो समय राजधानीमा नेपाली इसाई समुदायमाथि भएको अपराधजन्य घटनामा सिंगो नेपाली इसाई समुदाय स्तब्ध भएको भन्दै घटनाको वास्तविकता यथाशिघ्र छानविन भइ सत्य तथ्य कुरा सार्वजनिक हुनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले केही दैनिक पेपर र अन लाइन मिडियामा यस सन्तोष खड्कामाथिको गोली प्रहारका सम्वन्धमा नकारात्मक टिप्पणी भएकोमा खण्डन गर्दै घटनाको वास्तविकता प्रकाश पार्नुभयो । स्मरण रहोस् गत आइतबार ईस्टरका दिन महासंघका कार्यालय सचिव सन्तोष खड्कामाथि ललितपुरको जिल्ला प्रशासन कार्यालय नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो भने हिजो विहान मंगलबार विहान ३बजे  ललितपुरको धोविघाटस्थित असम्सन् चर्चको हातामा आगजनी भएको थियो ।