+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

यस वर्षको ईस्टर सण्डे वैशाख ३ गते

event
तुरही न्युज । ०९ चैत ०७३ । नेपाली पात्रो अनुसार यस वर्षको ईस्टर सण्डे नयाँ वर्ष २०७४ को वैशाख ३ गते आइतबार परेको छ । अंगे्रजी भित्ते पात्रो अनुसार यस वर्षको ईस्टर महोत्सव अप्रिल सोह्मा परेको छ । ईस्टर महोत्सव तथा पुनरुत्थान दिवसलाई संसारभरका मण्डलीहरुले विविध कार्यक्रम गरि मनाउने गरेका छन् ।
 
गत वर्ष जस्तै यस वर्षपनि नेपालभरका हजारौ मण्डलीहरुले यस वर्षको ईस्टर महोत्सवलाई भव्यताकासाथ मनाउने तयारीमा जुट्न थालेका छन् । राजधानी काठमाडौंमा भने गत वर्ष जस्तै यस वर्षपनि ईस्टर सण्डे वैशाख ३ गते आइतबार ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका सम्पूर्ण मण्डलीहरु एकसाथ भेला भएर यस वर्षको ईस्टर महोत्सवलाई सफलतापूर्वक मनाउनका लागि विभिन्न चरणका वैंठक सम्पन्न भइ सकेका छन् भने भोली बिहीबार वेथशालोम पुतली सडक चर्चमा यस सम्वन्धमा राजधानीका सम्पूर्ण चर्चका पास्टरअगुवाहरुको वृहत वैंठकको आयोजना हुँदैछ । 
फाइल तस्बिर । तुरही न्युज